Poet : Late Mr Basanta Maharjan

Mother – आमा

आमा तिमी एउटी थियौ, मेरो आफ्नो भन्नलाई तर आज बिरानो ठानी, गयौ नि छोडी मलाई आँशु पुछ्थ्यौ आमा तिमी, मैले आँशु झार्दा रुन्थ्यौ तिमी लुकी लुकी म बिरामी हुँदा चोट लाग्दा मलाई आमा, दुख्थ्यो नि तिमीलाई याद आउँछ घरीघरी, मायाले गाली गरेको मलाई लुक्थें म तिमै्र काखमा, निदाउँथें त्यही काखमा खोजेर पाउन गाह्रो आमा, तिमी […]

Poet : Late Mr Basanta Maharjan

Wound – घात

कस्तो जीवन यो, घातै घातले भरिएको छ, बाहिरबाट हेर्दा सुन्दर भएपनि भित्री मन त चोटै चोटले भरिएको छ । कस्को विश्वास गर्नु यहाँ सबै मानिस स्वार्थी हुँदारहेछन्, मनमा पाप लुकाएर कृतिम माया दिँदारहेछन् । उसको मायाले सजिएको जीवन, उसको सुन्दर मुहार कहाँ भुल्न सकिंदोरहेछ र, घातै घातले भरिएको जीवन, मुस्कानले भर्न कहाँ सकिंदोरहेछ र । […]

Poet : Late Mr Basanta Maharjan

I Died – म मरेको पल !

धेरै मान्छेको भीड थियो मेरो घरमा सबै छरिएका थिए यता र उता इष्टमित्र, भाइ भारदार, थिए सबै शत्रु पनि म एक कुना पल्टिरहेथें, बोलिन केही पनि ।   सबै एकअर्कालाई हेरी कुरा गरिरहेथे, कोही हाँसिरहेथे, कसैको आँखामा आँशु थिए, सबै आ–आफ्नै काममा व्यस्त थिए, म भने अझै पनि सुत्नमै मस्त थिएँ ।   कोही मेरो […]

Poet : Late Mr Basanta Maharjan

Last Road – अन्तीम बाटो

निद्रा बिहिन रात छ, न कसैको साथ छ मात्र दिनभरको थकान अनि मन भरीको पीडा छ ।     रातभर नथामिने गरि बगिरहेका आँशु छन्, सपनामा आई तर्साउने उही दुःख अनि अभावरुपि त्रास छन् ।     कुनै पनि राम्रो सुन्न, देख्न अनि भोग्न पाइन, आँशु लुकाई हाँस्ने बाहेक, अरु केही गर्न सकिन ।   […]

Poet : Late Mr Basanta Maharjan

Last Letter – अन्तीम पत्र

लेख्दैछु म अन्तीम पत्र तिमीलाई रोएर होइन खुशीका साथ मुटुबाट बिदा गर्दैछु तिमीलाई । भुल्न थालेको छु आज तिमीलाई तिमीले दिएका पीडालाई अनि पीडाले जन्माएका आँशुलाई त्यसैले, लेख्दैछु म अन्तीम पत्र तिमीलाई तिमीले दिएका आँशु अनि पीडाका लागि धन्यबाद दिँदै छु आज तिमीलाई ।     तिमीसँगका दिनलाई भुलेको छु मैले तिमीले भन्दा धेरै माया […]

Poet : Late Mr Basanta Maharjan

In a Closed Room – बन्द कोठामा

के भयो आज मलाई, खै किन हो टोलाइरहेछु बन्द कोठामा बसेर पनि खै कहाँ हो कहाँ हराइरहेछु ।   जिवनयात्राको एउटा पाटो “खुशी” म खोजी रहेछु त्यसैले त बन्द कोठामा बसेर आज आफैमा हराइरहेछु ।   ऐनामा आफ्नो छवि हेरी आफैलाई म नियालिरहेछु खै कस्तो छु म भनी आफै आफैमा हराइरहेछु ।   मेरो भविष्य […]

Poet : Late Mr Basanta Maharjan

Search for Destination – गन्तब्यको खोजी

जिवनको गन्तब्य अनभिज्ञ छ चारैतिर निरासा नै निरासा छ, आशाको ज्योति बलेको छैन कहिं मात्र अन्धकार नै अन्धकार छ । कसैको सुमधुर साथको आशामा हिँड्दै छु म रित्तो सडकमा हिँड्दा हिँड्दै ठाकिसकें घाउ नै घाउ भैसक्यो पाउहरुमा । त्यहीं अगाडि देख्छु आफ्नो गन्तब्य हतारमा छिटो छिटो पाइला सार्छु तर जति नै अगाडि बढेपनि मेरो गन्तब्य […]

Poet : Late Mr Basanta Maharjan

Difficulty – कठै विचरी

कठै चरी ! उडी जाऊँ भन्दा घाँटीमा तेरो छ नि हो फन्दा दिन तेरो बित्छ होला रुँदै रात बित्दा हुन् तारा गन्दा गन्दै । चारैतिर छ नि कस्तो घमाइलो सुन्दर वन अहा कति छ रमाइला तर तैंले त देख्छस् होला संसारै कालो तेरो आँखा छ होला अझै नि धमिलो । सम्झिँदा हुन् आफ्ना घर परिवार […]

Poet : Late Mr Basanta Maharjan

Last Word – अन्तिम शब्द

उनी आइन् मेरो जीवनमा र भनी, “सजाउन चाहन्छु म तिम्रो जीवन” हाँसोले स्वागत गरिकन भनें मैले “सजाऊ मेरो मन भइृ सुन्दर, शितल जून” ।   तर मलाई के थाहा थियो र ! जून र मेरो साथ केवल एक रातको रहेछ बिहानीको किरणलाई अँगालेर उनले मलाई पराइ पो बनाएछ ।   बुझ्नै सकिन उनको मलनाई उनी […]

Poet : Late Mr Basanta Maharjan

Only Once Laughter – मात्र एकपटक हाँसन

उनको हँसिलो मुहार देख्दा, बिर्सने गर्थे म आफ्नो पीर आज उसको व्यवहार देख्दा, निहुरियो मेरो शिर । किन आज उसले मसँग, यस्तो रिस देखाई थाहा छैन कसले गई, सुनायो कान भरी भरी ।।   उनको हाँसो हेर्नको लागि तयार छु म मर्न हे दैव मेरो ईच्छा बुझी, सिकाइ देऊन उसलाई हाँस्न । अन्जानमै मबाट कुनै, […]

WordPress Lightbox Plugin
error: Content is protected !!
0