एक दशक भन्दा अगाडी नेपाली साङगेतिक क्षेत्रको प्रवद्र्धन एवम् यस क्षेत्रमा नयाँ आयाम श्रृजना गर्ने लक्ष्य सहित विभिन्न आरोह अवरोह पार गर्दै संगीतका अनुयायीहरुका लागि स्वरलिपीको संकलन र त्यसको सम्प्रेष गर्दै आइरहेको यस समूहडटकम डट एनपी योगदान र आधिकारिता सम्वद्ध सवैको मानसपटलमा अझैपनि जिवन्त रहेको छ भन्ने हाम्रो बुझाइ रहेको छ । आफ्नो कर्म क्षेत्र अविराम क्रियाशील हुने क्रममा अझ परिस्कृत संगीतका खुराक सहित पृथक रुपमा प्रस्तुत हुने हाम्रो नविनत प्रयासको प्रतिफलस्वरुप २००६ Ad मा www.lyricsnepal.com मार्फत समेत साङगेतिक सौगात प्रस्तुत गर्दै जाने हाम्रो अथाव लगाव एवम् उत्साहका वावजुद पनि विगत केहि समय यता प्राविधिक कारणवस हाम्रा असख्य पाठकमाझ पुग्न सकेनौ । यसको लागि आत्मिकरुपमा क्षमायाचना गर्दै अवका दिन नयाँ भन्दा नयाँ र समय सापेक्ष साङगेतिक खुराक अन्र्तगत कलाकार परिचय , यस क्षेत्रमा क्रियाशील वरिष्ठ देखि कनिष्ठरोलक्रमका संगीत साधकहरुको वायोग्राफी, स्वलिपी अन्र्तवार्ता कला संगीत क्षेत्रका नव प्रतिभा सौगात लगायत सवै खालका साङगेतिक खुराक अर्थात नेवारी, लोक दोहरी आधुनिक क्लाशिकल चलचित्र भिडियो चित्रका साथै कुनै पनि साङगेतिक कार्यक्रममको आयोजना सो सम्बनधी टिकठको विक्री वितरण को संग संगै े समाचार सामाग्री लिएर हामी नयाँ साजसज्जा सहित यहाँहरुको माझमा आउँदै गरेको जानकारी दिन पाउँदा गौरवाम्वित भएका छौं । विगतमा जस्तै आगतमा पनि यहाँहरुको माया सद्भाव र सहकार्य सहितको सल्लाह सुझाव हामीले पाउँने अपेक्षा गरेकाछौं । धन्यवाद ।
