(तिमीलाई सम्झदा सम्झदै बिर्सनै बिर्सेछु
यादमा तिम्रो आफैलाई सम्झनै बिर्सेछु )२
बसन्त आउँछ बहार ल्याउँछ
फुलाई फूलहरु त्यो पनि लान्छ
शिशिर आई उडाई रंगहरु
[यहि रीतले कति बिते छ ऋतुहरु
(गन्नु नै बिर्सेछु )२]२
बिर्सेछु…
तिमीलाई सम्झदा सम्झदै बिर्सनै बिर्सेछु
यादमा तिम्रो आफैलाई सम्झनै बिर्सेछु
पवनले आई सुस्केरा हाली साउती गर्नेछ
संगाली माया आउने छौ भनि सन्देश ल्याउने छ
[यहि मिठो सपनामा बिते छ जीवन
(बिउझनै बिर्सेछु )२]२
बिर्सेछु…
तिमीलाई सम्झदा सम्झदै बिर्सनै बिर्सेछु
यादमा तिम्रो आफैलाई सम्झनै बिर्सेछु
बिर्सेछु…
