कस्तो जीवन यो, घातै घातले भरिएको छ,
बाहिरबाट हेर्दा सुन्दर भएपनि भित्री मन त
चोटै चोटले भरिएको छ ।
कस्को विश्वास गर्नु यहाँ सबै मानिस स्वार्थी हुँदारहेछन्,
मनमा पाप लुकाएर कृतिम माया दिँदारहेछन् ।
उसको मायाले सजिएको जीवन, उसको सुन्दर मुहार
कहाँ भुल्न सकिंदोरहेछ र,
घातै घातले भरिएको जीवन, मुस्कानले भर्न
कहाँ सकिंदोरहेछ र ।
सुन्सान यो रात जताततै सुन्यता छाएको छ
भित्री मेरो मन घातै घातको पिडाले छाएको छ ।
पीडाले मेरा यी नयन आँशुले भरिंदै गइरहेको छ,
मनको घाटले दिनहुँ मलाई मसानघाटतिर लगिरहेको छ ।

SHARE