क्षणभरको सुन्दरता छर्नका लागि बसन्त यो आउँछ किन ?
शिशिरको आगमनसँगै सारा सुन्दरता उजाडिन्छ किन ?
कठ्याङ्ग्रिदो शरदसँगै फूल ओइली झर्छ किन ?
पलभरको हाँसो पछि नैराश्यता र रोदन छाउँछ किन ?
सुखी–सम्पन्न मान्छेले पनि दुःखको सामना गर्नुपर्छ किन ?
दुःख पाउने थाहा हुँदाहुँदै क्षणिक सुखमा मान्छे रम्छ किन ?
चोखो, निश्चल मायामा पनि बिछोडको पीडा हुन्छ किन ?
बिछोडको पीडा भएता पनि मान्छे मायामा फस्छ किन ?
सोझो बाटोमा हिँड्दा पनि ठेसमाथि ठेस लाग्छ किन ?
सम्झौता गर्न खोज्दा खोज्दै पाइला लरखराउँछ किन ?
हरेक मान्छे जन्मेपछि एकदिन अवश्य मर्छ किन ?
यो मासिजाने जीवनमा मान्छे दुःखलाई आत्मसाथ गर्छ किन ?
पछि फेरि यही दुःखमा मान्छे तड्पी रुन्छ किन ?
यी सबै प्रश्नको उत्तर पाउँदिन म किन ? आखिर किन ?

SHARE