जिवनको गन्तब्य अनभिज्ञ छ
चारैतिर निरासा नै निरासा छ,
आशाको ज्योति बलेको छैन कहिं
मात्र अन्धकार नै अन्धकार छ ।
कसैको सुमधुर साथको आशामा
हिँड्दै छु म रित्तो सडकमा
हिँड्दा हिँड्दै ठाकिसकें
घाउ नै घाउ भैसक्यो पाउहरुमा ।
त्यहीं अगाडि देख्छु आफ्नो गन्तब्य
हतारमा छिटो छिटो पाइला सार्छु
तर जति नै अगाडि बढेपनि
मेरो गन्तब्य त्यहींको त्यहीं पाउँछु ।
सोच्छु, ऊ त्यहीं क्षितिज मै छ गन्तब्य
तर पाइला अगाडि बढे नि क्षितिज भेटिएन
हिँड्दा हिँड्दा मेरो नै अन्त आयो
तैपनि मेरो गन्तब्य भेटिएन ।
मरो गन्तब्य भेटिएन ।

SHARE