उनको हँसिलो मुहार देख्दा, बिर्सने गर्थे म आफ्नो पीर
आज उसको व्यवहार देख्दा, निहुरियो मेरो शिर ।
किन आज उसले मसँग, यस्तो रिस देखाई
थाहा छैन कसले गई, सुनायो कान भरी भरी ।।

 

उनको हाँसो हेर्नको लागि तयार छु म मर्न
हे दैव मेरो ईच्छा बुझी, सिकाइ देऊन उसलाई हाँस्न ।
अन्जानमै मबाट कुनै, भूल पो भयो कि ?
मेरो कुनै कुराले उसको चित्त पो दुखायो कि ?

 

भूल भए मबाट साथी, तयार छु माफी माग्न
तिमीले दिने हरेक सजाय तयार छु म भोग्न ।
यदि पीडा भए मनमा कुनै मसँग तिमी भनन
सारा पीडा भुलेर तिमी कृपया एक पटक हाँसन,
मात्र एक पटक हाँसन ।।

SHARE