उनी आइन् मेरो जीवनमा र भनी,
“सजाउन चाहन्छु म तिम्रो जीवन”
हाँसोले स्वागत गरिकन भनें मैले
“सजाऊ मेरो मन भइृ सुन्दर, शितल जून” ।

 

तर मलाई के थाहा थियो र !
जून र मेरो साथ केवल एक रातको रहेछ
बिहानीको किरणलाई अँगालेर
उनले मलाई पराइ पो बनाएछ ।

 

बुझ्नै सकिन उनको मलनाई
उनी मेरो जीवन उजाड्न किन आई
बिदाइको अन्तिम क्षणमा उनले भनिन्
मात्र एउटा अन्तिम शब्द ‘बाइ’ “BYE”

SHARE