निद्रा बिहिन रात छ,
न कसैको साथ छ
मात्र दिनभरको थकान
अनि मन भरीको पीडा छ ।

 

 

रातभर नथामिने गरि
बगिरहेका आँशु छन्,
सपनामा आई तर्साउने
उही दुःख अनि अभावरुपि त्रास छन् ।

 

 

कुनै पनि राम्रो सुन्न, देख्न अनि भोग्न पाइन,
आँशु लुकाई हाँस्ने बाहेक, अरु केही गर्न सकिन ।

 

 

आफ्नो पीडामा आफैलाई तड्पाई तड्पाई
अब बाँच्न सक्दीन म
अन्तीम विकल्प आत्मदाह बाहेक
अरु केही पाउँदिन म ।

 

 

अन्तीम बाटो जीवनको अन्त्य,
अरु बाटो भेटाउँदिन म ।

SHARE