लेख्दैछु म अन्तीम पत्र तिमीलाई
रोएर होइन खुशीका साथ
मुटुबाट बिदा गर्दैछु तिमीलाई ।
भुल्न थालेको छु आज तिमीलाई
तिमीले दिएका पीडालाई
अनि पीडाले जन्माएका आँशुलाई
त्यसैले,
लेख्दैछु म अन्तीम पत्र तिमीलाई
तिमीले दिएका आँशु अनि पीडाका लागि
धन्यबाद दिँदै छु आज तिमीलाई ।

 

 

तिमीसँगका दिनलाई भुलेको छु मैले
तिमीले भन्दा धेरै माया गर्ने
साथी पाइसकेको छु मैले
त्यसैले,
लेख्दैछु म यो अन्तीम पत्र तिमीलाई
तिमीबिनाको जीवन बाँच्न सिक्दैछु
यही भन्न चाहन्छु आज तिमीलाई ।
तिमीले दिएको घाउले तड्पेको थिएँ म
आज ति सबै घाउहरुमा
उसको मायाको मलम लगाउँदैछु म ।
त्यसैले,
लेख्दैछु म अन्तीम पत्र तिमीलाई
तिमीले दिएका घाउ निको हुँदैछ
यही खबर सुनाउन चाहन्छु तिमीलाई ।

 

 

बिर्सीसकें आज, तिमीसँग रमेको सपनामा
आज सपना सबै बिर्सेर
उसँग रमाउँदै छु म विपनामा
अतः
लेख्दैछु म आज अन्तीम पत्र तिमीलाई
सपनाबाट बिउँझीसकेको छु म
यही खुशीको खबर सुनाउन चाहन्छु तिमीलाई ।

 

 

तिमीले दिएको धोका पनि खुशी साथ अपनाएँ मैले
तिमीले छोडेर गयौ र त
असल जीवनसाथी उपहार पाएँ मैले
त्यसैले,
लेख्दैछु म अन्तीम पत्र तिमीलाई
तिमीले दिएको उपहारका लागि
धन्यवाद दिन चाहन्छु आज तिमीलाई ।

 

 

तर,
अझै तिम्रा याद अल्झेको छ मष्तिस्कमा
विश्वास छ मलाई, उसको साथ पाई
विर्सने छु तिम्रा यादहरु भविष्यमा

 

 

अन्ततः
आज अन्तीम पत्र लेख्दैछु म तिमीलाई
उसलाई मुटु भित्र बास दिई
खुशी खुशी मुटुबाट बिदा गर्दैछु तिमीलाई
मुक्त गर्दैछु म आज तिमीलाई ।
बिदा बिदा बिदा बिदा

SHARE