के भयो आज मलाई, खै किन हो टोलाइरहेछु
बन्द कोठामा बसेर पनि खै कहाँ हो कहाँ हराइरहेछु ।

 

जिवनयात्राको एउटा पाटो “खुशी” म खोजी रहेछु
त्यसैले त बन्द कोठामा बसेर आज आफैमा हराइरहेछु ।

 

ऐनामा आफ्नो छवि हेरी आफैलाई म नियालिरहेछु
खै कस्तो छु म भनी आफै आफैमा हराइरहेछु ।

 

मेरो भविष्य कस्तो हुने हो भनी क्षितिज हेर्दै टोलाइरहेछु
त्यसैले त बन्द कोठामा म कहाँ हो कहाँ हराइरहेछु ।

 

मेरो परिचय के छ भनी आफुले आफैलाई सोधिरहेछु
आफ्नो अस्तित्व खोज्दा खोज्दै, संसारबाटै म हराइ पो सकेछु ।

SHARE