नरोए प्रिया तिमी, टाढा छौ म देखि भनी
माया गर्ने छु तिमीलाई म मुटुमा नै राखी ।
ठेस लागे जीवनमा सम्झिनु नि मलाई
सधैं प्रयास गर्नेछु, तिमीलाई साथ दिनलाई ।।

 

नरोए प्रिया तिमी, भेट्न पाइँन भनी
केही दिन होला विछोडका दिन, यही कुरा जानी ।
आउनेछु म तिमीलाई भेट्न, बस्नु है बाटो कुरी
गुँडको चरो गुँडमै फर्किन्छ, नबस्नु है रोई ।।

 

नरोए प्रिया तिमी, मधुर मिलनका पल सम्झी
विछोड पछि मिलनको क्षण, आउँछ अवश्य जानी ।
ओठमा मुस्कान छरेर तिमी, बस्नु मलाई पर्खी
म पनि त सक्दिन बाँच्न, तिमीबाट टाढा रही ।।

 

नरोए प्रिया तिमी, परेलीलाई आँशुले भिजाई
नबस्नु है प्रिया तिमी, मनका पीडालाई लुकाई ।
सिरानी भिजाउने नगर्नु तिमी, सधैं हाँस्ने वाचा गर
जिन्दगीमा कसैलाई रोज्ने छैन, तिमीलाई नै गर्छु म प्यार ।।

 

नरोए प्रिया तिमी, अनमोल ती आँसु खसाली
तर्केर नहिंडि देऊ तिमी, मलाई नै सम्झी जाली ।
नरोज अरुलाई प्रिया, बीच यात्रामा मलाई फाली
तिमी सुन्दर फूल हौ, म त तिम्रो माली ।।

 

नरोए प्रिया तिमी, टाढा छौ मदेखि भनी
मिलनको क्षण सुखद हुनेछ, नबस्नु है आशा मारी ।।

SHARE