कठै चरी ! उडी जाऊँ भन्दा
घाँटीमा तेरो छ नि हो फन्दा
दिन तेरो बित्छ होला रुँदै
रात बित्दा हुन् तारा गन्दा गन्दै ।
चारैतिर छ नि कस्तो घमाइलो
सुन्दर वन अहा कति छ रमाइला
तर तैंले त देख्छस् होला संसारै कालो
तेरो आँखा छ होला अझै नि धमिलो ।
सम्झिँदा हुन् आफ्ना घर परिवार
तयो खोलाको सुसाई अनि झरनाको झँकार
सोच्दी हुन् कहिले पुग्ने हो घर
अनि कस्तो भयो होला वन–संसार ।
तेरो दुःख पीडा देखिकन
भन्छन् सबैले कठै नि विचरी !
त्यस्ती सुन्दर, अनि निर्दोष चरी
कसरी यो अगतिमा परी ?

SHARE