LYRIC

Share

सम्झी सम्झी रुनु भन्दा 

बरु पागल् बनाइदेउ 

तड्पी तड्पी बाँच्नु भन्दा 

बरु मृत्यु मलाई देउ 

 

(मुटु साटेकै किन 

माया प्रीति बसेकै किन)–२ 

साथ हिडेकै किन 

हत्ते गरी चाहेकै किन 

यो दुनिया पराइ भो 

प्राण मेरो खोसि देउ 

तड्पी तड्पी बाँच्नु भन्दा 

बरु मृत्यु मलाई देउ 

 

(बिर्सु कसरी बिर्सु 

आउँछिन् सोचाइ भरी)—२ 

सम्झु कसरी सम्झु 

चर्किन्छ छाती बेसरी 

यो जिन्दगी बेहाल भो 

सास मेरो रोकीदेउ 

तड्पी तड्पी बाँच्नु भन्दा 

बरु मृत्यु मलाई देउ 

 

सम्झी सम्झी रुनु भन्दा 

बरु पागल बनाइदेउ 

तड्पी तड्पी बाँच्नु भन्दा 

बरु मृत्यु मलाई देउ 

 

VIDEO

WordPress Lightbox Plugin
error: Content is protected !!
0