Album : Key
रुमाल लुकाई लुकाई खेल्दा तिमी र म ठेस लागेनी मलाई भन्थ्यौ तिमले हात समाई उठाउँदा तिमीलाई मैले दुख्या छैन ढाँटेर भन्थ्यौ मलाई तर आज किन एक्लै रोयौ कोसौँ टाढा कसरी भयौ रुमाल लुकाई लुकाई खेल्दा तिमी र म
सिरेटोमा आगनीको अगुल्टो ठोस्दै धुवैँ धुवाँमा आगो ताप्नु खेल रैछ यस्तो पनि हुँदो रैछ यस्तो पनि हुँदो रैछ सितल जुनले पोल्दो रैछ रुमाल लुकाई लुकाई खेल्दा तिमी र म
कस्ले गर्यो खुरापाती हाम्रो पिरतीमा खेलै खेलैमा बिश्वास गर्नु धोका रैछ यस्तो पनि हुँदो रैछ यस्तो पनि हुँदो रैछ झुटो प्रेमले पोल्दो रैछ रुमाल लुकाई लुकाई खेल्दा तिमी र म ठेस लागेनी मलाई भन्थ्यौ तिमले हात समाई उठाउँदा तिमीलाई मैले दुख्या छैन ढाँटेर भन्थ्यौ मलाई तर आज किन एक्लै रोयौ कोसौँ टाढा कसरी भयौ रुमाल लुकाई लुकाई खेल्दा तिमी र म रुमाल लुकाई लुकाई खेल्दा तिमी र म