Your Ad Here
Ma Mareyko Pal Print E-mail
User Rating: / 1
PoorBest 
 

Views : 278    

Favoured : 1

Published in : Poems, Basanta Maharjan


धेरै मान्छेको भीड थियो मेरो घरमा
सबै छरिएका थिए यता र उता
इष्टमित्र, भाइ भारदार, थिए सबै शत्रु पनि
म एक कुना पल्टिरहेथें, बोलिन केही पनि

सबै एकअर्कालाई हेरी कुरा गरिरहेथे,
कोही हाँसिरहेथे, कसैको आँखामा आँशु थिए,
सबै आ–आफ्नै काममा व्यस्त थिए,
म भने अझै पनि सुत्नमै मस्त थिएँ

कोही मेरो तारीफ गर्दै थिए, कोही कुरा काट्दै थिए
म आँखा चिम्ली सुनिरहेथें, कोही मेरो खिसी उडाउँदै थिए
कोही भने मेरो सामु बसी मलाई नियालिरहेको थियो
म भने आफ्नै सप्नलोकमा रमाइरहेको थिएँ

बाबु, झोक्रिएर बसेको थियो, मनमा खुशीको लहर होला
माया मेरो आफ्नै घरमा, आँशुका धारा बगाउँदै होला
गाली गर्नु नपर्ने भयो, दिदी पनि त खुसी नै होला
म भने अझै सोच्दै छु, कसैको मनमा त मेरो लागि माया होला

तर खुशी छु आज म, मलाई कुनै फिक्री छैन
म त चिर निद्रामा सुतिसकें, अब म कहिल्यै उठ्दिन
आज भित्री आत्मा नै खुशीले रमाएको पल
  हो, आज यहाँ म मरेको पल

सबै लाम लागेर हिँडिरहेका छन्,
सबै आ–आफ्नै सुरमा पाइला चाल्दै छन्
म आनन्दले पल्टेको पल्टेकै छु,
चारजना मिलेर मलाई उठाई एकनास हिँड्दै छन्

चारैति, घरभित्र, घर बाहिर, सबैतिर बसेर
मानिसका हुल जम्मा भएर लामलाई हेर्दै थिए
मेरो अगाडि भने अन्धकार थियो,
म त आँखा चिम्लेर, सबैकुरा आभाष गर्दै थिएँ

सबै परिवार, साथीसँगी, कोही हाँस्दै, कोही रुँदै थिए
बाबा अनि दिदी पनि रुँदै थिए, मनमा सोच्दै अतितका पल
तर मलाई केही असर भएन त्यो आँशुले
आजको यो पल, मेरो मलामीको पल

म आफ्नो नयाँ शय्यामा सुतेको थिएँ,
यहाँ पनि मेरो वरिपरि मानिस झुमिएका थिए
उही रोडन, उही क्रन्डन सुनिएका थिए
तर म भने उही चीर निद्रामा मस्त थिएँ

अचानक तापमान बध्यो, हेर्दाहेर्दै आगोको बीचमा म थिएँ,
मेरो शैय्या जल्दै थियो, तर मलाई शीतल भएको थियो ,
दुःख सुख, हाँसो खुशीबाट अब मुक्त भएको थिएँ,
मबाट सताइएका सबैले आज मुक्ति पाएको थियो

सबै गोहीको आँशु रुँदै थिए यहाँ
भोलिबाट मलाई बिर्सनेछन् सबैले
बाँच्दा त सबैको लागि मरे तुल्य थिएँ म
अब मलाई याद गर्नेछ कल्ले?
हेर्दाहेर्दै खरानी भयो त्यो मेरो शरीर
सबैसँगको वाचा तोडेको छु, आज म मरेर 
आज माया रुँदै होलिन्, मेरो मृत्युको शोक मनाउँदै होलिन्
तर भोलि मेरो याद, खरानी जस्तै जानेछ खोलासँगै बगेर
मैले पनि याद गर्दैछु, यो क्षणमा अतीतका केही पल
हो, अहो! आज त मेरो अन्तीम पल,
 हो आज त म मरेको पल


   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
< Prev   Next >
Recent Artist / Band
Shiva Shankar Shiva Shankar
Jwala Jwala
Mausami Gurung Mausami Gurung
Jhalak Man Gandarbha Jhalak Man Gandarbha
Komal Oli Komal Oli
Siddharth Maharjan, Effects (Kutumba) Siddharth Maharjan, Effects (Kutumba)
Ganga Rana Ganga Rana
Subha Bahadur Subha Bahadur
Shanti Thatal Shanti Thatal