Views : 221
Favoured : 1
Published in : Poems, Basanta Maharjan
के भयो आज मलाई, खै किन हो टोलाइरहेछुबन्द कोठामा बसेर पनि खै कहाँ हो कहाँ हराइरहेछु
जिवनयात्राको एउटा पाटो “खुशी” म खोजी रहेछु त्यसैले त बन्द कोठामा बसेर आज आफैमा हराइरहेछु
ऐनामा आफ्नो छवि हेरी आफैलाई म नियालिरहेछुखै कस्तो छु म भनी आफै आफैमा हराइरहेछु
मेरो भविष्य कस्तो हुने हो भनी क्षितिज हेर्दै टोलाइरहेछुत्यसैले त बन्द कोठामा म कहाँ हो कहाँ हराइरहेछु
मेरो परिचय के छ भनी आफुले आफैलाई सोधिरहेछुआफ्नो अस्तित्व खोज्दा खोज्दै, संसारबाटै म हराइ पो सकेछु
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted