Your Ad Here
Mero Jindagi Print E-mail
User Rating: / 0
PoorBest 
 

Views : 257    

Favoured : 2

Published in : Poems, Basanta Maharjan


भगवान् छ भन्छन् सबै
तर पाउँदिन म कतै।
भगवान्ले हेर्छन् भन्छन् सबै
तर मलाई हेरेनन् कहिल्यै।।

गरिवीमा बाँचिरहेछु म
गहभरिको आँशु पिई।
संघर्षशिल जीवन जिउँदैछु म
मुक्ति पाउने आशा लिई।।

दुःखी जिवन जिउँदै जाँदा
भेटे एउटा जीवन साथी।
तन–मन सुम्पी दिएँ मैले
देवी देउता सारा भाकी।।

थुप्रै सपना सजाएँ मैले
उनको साथलाई अँगालेर।
सपना मेरा तोडी गई
मेरो चोखो माया लत्याएर।।

बाँचिरहेछु आज एक्लै
उनै निष्ठुरी माया सम्झी।
भुलाउने प्रयास गर्दा पनि
उनकै मुहार देख्छु घरी–घरी।।

चढाई दिउँ कि भेटी ईश्वरलाई
उसको सुखद जिवनको लागि।
मेटाई दिउँ कि उसकै लागि
यो निरश, दुखी जिन्दगी।।

उनको झुटो मायामा परी
रातको निद र दिनको भोक हरायो।
विश्वासघाटी, निष्ठुरी मायाले
सुन्दर जिन्दगी बिगार्‍यो।।

मेरो जिन्दगी त यसै बिग्रियो
तर तिमीलाई कहिल्यै पीडा नहोस्।
मेरो आँखामा आँशु भरिए पनि
तिम्रो आँखामा सँधै खुशी छाइरहोस्।।

तिम्रो जिन्दगी सफल होस्
यही छ दुःखी हृदयको कामना।
सुखमय होस् तिम्रो जिन्दगी
यही छ ईश्वरसँग प्रार्थना।।


   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
< Prev   Next >
Recent Artist / Band
Mitra Sen Thapa Mitra Sen Thapa
Kranti Ale Kranti Ale
Tara Devi Tara Devi
Biju Rimal Biju Rimal
Santosh Lama (Nepali Tara) Santosh Lama (Nepali Tara)
Nabin K Bhattarai Nabin K Bhattarai
Shiva Shankar Shiva Shankar
Prem Prakash Malla Prem Prakash Malla
Jagatmardan Thapa Jagatmardan Thapa