Lok Sangeet Print E-mail
User Rating: / 2
PoorBest 
 

Views : 1479    

Favoured : 4

Published in : Articles, Sarangi


लोक शब्दले शाब्दिक अर्थमा भू–भाथ भन्ने बुझिन्छ। यस अर्थअनुसार सृष्टिको सुरुवातलाई नै लोकको सुरुवात भन्न सकिन्छ। लोक शब्दले एकातिर धरातललाई बुझाउँछ भने अर्कोतिर मानव समूहलाई बुझाउँछ। लोक सङ्गीत भन्नाले मानव समूहद्धारा प्रयोगमा ल्याइने सबै खाले सङ्गीतलाई बुझिन्छ। यो लोक सङ्गीतको सामान्य परिभाषा हो। लोकगीत भन्नाले मानव समूहको गीत भन्ने बुझिन्छ।

लोक सङ्गीत नै सङ्गीतको मुहान हो। वास्तवमा लोकसङ्गीत कुनै पनि भू–भागमा बस्ने मानिसहरुको आफ्नो संस्कृति झल्कने सङ्गीतलाई भनिन्छ। यसमा मानिसहरुको आफ्नो जातीय ऐतिहासिक संस्कृति, भाषा, रीतिथिति,बब सुखदुःखका साथै अन्य स्थानीय भावनाहरु गाँसिएका हुन्छन्। लोक सङ्गीतबाट त्यस भू–भागका मानिसहरुको बानी व्यवहार पनि बुझ्न सकिन्छ। लोकसङ्गीत लोकको सम्पत्ति हो। यसबाट मानिसले आफ्नो फरक अस्तिवलाई जोगाई राख्दछ। साथै आफ्नो मौलिकतालाई लोक सङ्गीतले अरुको सामु छुट्टै पहिचान राख्न सघाउँछ।
 लोकमा विभिन्न सङ्गीतका साथसाथै आ–आफ्नै लोक पद्धतिहरु पाइन्छ। चाडपर्व, जन्म, मृत्युसंस्कारदेखि विविध सांस्कृतिक गतिविधिहरुले हरेक लोकलाई एक समूहदेखि अर्को समूहमा फरक पहिचान गराएको हुन्छ। स्थानीय उपचार पद्धतिलगायत अन्य केही सांस्कृतिक क्रियाकलापहरुले विज्ञान र मनोविज्ञानका पक्षलाई समेत सघाएको पाइन्छ। विभिन्न व्यक्ति तथा समूहले लोकपद्धतीको अध्ययन अनुसन्धानमा प्रशस्त समय र ठूलो धनराशी खर्च गर्दछन्। तर नेपाल जस्तो गरिब देशमा विभिन्न कारणहरुले गर्दा लोकपद्धतिको अध्ययन अनुसन्धान हुन सकेको देखिदैन। जसले गर्दा धेरै महत्वपूर्ण लोकसङ्गीतलगायत अन्य लोकपद्धतिहरु पनि लोप हुँदै गैरहेको छ। नक्कल गर्नु हाम्रो बाध्यता र नियति बन्दै गइरहेको छ।
 जसरी लोक शब्द ज्यादै व्यापक र महत्वपूर्ण छ र लोकसङ्गीत पनि त्यसरी नै व्यापक र महत्वपूर्ण छ।

लोक सङ्गीतका विशेषताहरुः
लोक सङ्गीतका प्रमुख विशेषताहरु निम्नानुसार छन्।
१. सरलता  २. मौलिकता ३. मौखिकता  ४. परिवर्तनशीलता

१. सरलताः
 लोक सङ्गीत सँधै सरल हुन्छ। यो जति सरल छ त्यति नै गहन पनि हुन्छ। यसकारणले गर्दा लोकसङ्गीतलाई बालकदेखि बृद्धसम्म सबैले सजिलै आत्मसात गर्न सक्दछन्। यसमा छन्द र अन्त्यानुप्रास मिलेको हुन्छ। आफ्नै भाषा, आफ्नै बाजा र आफ्नै भाका हुने भएकोले लोकसङ्गीत सरल हुन्छ।

२. मौलिकताः
 लोकसङ्गीत मौलिक हुन्छ। निश्चित समुदायको सङ्गीत अर्को समुदायको भन्दा फरक किसिमको हुन्छ। लोक सङ्गीतले उक्त समुदायका मानिसहरुको संस्कृतिलाई झल्काउँदछ। लोक सङ्गीतले समुदायको उत्सवहरुलाई ऐतिहासिक पृष्ठभूमिहरुलाई परिचित गराउँछ। चाडपर्वको महत्व जानकारी गराउनुका साथै त्यसको उत्पतिदेखिका ऐतिहासिक महत्वपूर्ण घटनाहरुलाई पनि लोकसङ्गीतले समेटेको हुन्छ।

३. मौखिकताः
 लोकसङ्गीत यसको उत्पत्ति र विकासक्रमलाई हेर्दा मौखिकरुपमा नै चलिआएको पाइन्छ। एकबाट अर्काे पुस्तामा श्रृतिको माध्यमबाट हस्तान्तरण गरिन्छ। संगीत लिपिको विकास नहुँदासम्म सङ्गीतका साथै अन्य सांस्कृतिक कृयाकलाप पनि मौखिक नै हुने गरेको पाइन्छ। सङ्गीत लिपिको पूर्ण विकासपछि सङ्गीतको खुल्ला प्रशिक्षण हुन थालेको पाइन्छ।
 मौखिक लोक संगीतलाई लिपिबद्ध गरी लोप हुने क्रमबाट जगेर्ना गरिएको पाइन्छ। तैपनि यस्तो कदमले लोकसङ्गीतलाई परिवर्तित हुने यसको विशेषताबाट भने रोकेको हुन्छ। यसबाट लोकसङ्गीतले आफ्नो अलग्गै परिभाषा ग्रहण गरेको छ।

४. परिवर्तनशीलताः
 यो लोकसङ्गीतको अति महत्वपूर्ण विशेषता हो। समयको परिवर्तनसँगै मानिसहरुको भाषालगायत विविध सांस्कृतिक कृयाकलापहरु पनि नयाँ ढङ्गले समायोजित हुँदै गैरहेको पाइन्छ। इतिहासदेखि नै लोक सङ्गीत एक पुस्ताबाट अर्काेमा हस्तान्तरित हुँदा केही हरेक पनि भइरहेको हुन्छ। यही परिवर्तनशील गुणले गर्दा हरेक व्यक्तिको आफ्नो व्यक्तिगत बिशेषतालाई लोक सङ्गीतले अंगालेर आफूलाई सधैं सम्पन्न बनाउने अग्रगतिमा लोक सङ्गीत लम्केको हुन्छ।


   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
Next >
 
It is a well known fact that Hinduism and Buddhism are the two major religions of Nepal, each having its own rules and rituals. However, like most festivals of Nepal, both Hindus and Buddhist unite to celebrate the festival of Indra Jatra. This festival is celebrated by both Hindus and Buddhists with great enthusiasm. It is also believed that Indra Jatra is a festival of classical dances. It is on this very day when one is able to observe numerous varieties of traditional dances. The festival is named after Lord Indra who is known as the god of rain and also as the king of heaven.

The festival of Indra Jatra continues for eight days with much rejoicing, singing, dancing and feasting. People from all over Nepal, mostly those who live within the Kathmandu Valley, gather at the Hanuman Dhoka in Kathmandu. The first day of the festival is viewed by a large number of people. On that day, a long wooden pole is erected in front of the ancient Royal Palace at Hanuman Dhoka, in order to propitiate Lord Indra, the"god of rain". Classical dancers also assemble at the spot, wearing different kinds of traditional masks and costumes and dancing around the courtyard of Hanuman Dhoka to celebrate Indra's visit.

only4unp

needvsdesire

mumtaz_g

prajwol

sangalo_digital

Pal
 
 
Quote Lyrics, Articles & Poems to your Website or Blog
in every page you can see
"Quote this on your site" Click it an put the given code on ur site.
Advertisement
Recent Artist / Band
Nabin K Bhattarai Nabin K Bhattarai
Jwala Jwala
Biju Rimal Biju Rimal
Jabeek K.C Jabeek K.C
Mitra Sen Thapa Mitra Sen Thapa
Shanti Thatal Shanti Thatal
Ramesh Shrestha Ramesh Shrestha
Jhalak Man Gandarbha Jhalak Man Gandarbha
CP Lohani CP Lohani
 
 
Spottt