Your Ad Here
Sarangi and Gandarva Print E-mail
User Rating: / 1
PoorBest 
 

Views : 642    

Favoured : None

Published in : Articles, Sarangi

सारङ्गी र गन्धर्व

सारङ्गीसँग गन्धर्वहरुको अन्य साँस्कृतिक क्रियाकलापहरु जोडिएका हुन्छन्। गन्धर्वहरु आफ्ना चाडपर्वमा सारङ्गी बजाई विभिन्न रागहरु गाउने गर्दछन्। ऋतु कालीन राग, दिनका विभिन्न प्रहरअनुसार मौलिक गायन शैली अनीहरुमा पाइन्छ। छोरा जन्मेपछि नाभीलाई सारङ्गीको मुर्रामा छुवाएर काट्ने चलन पाइन्छ। यसबाट जन्मसँगै उनीहरुको सम्बन्ध सारङ्गीसँग जोडिएको थाहा हुन्छ।

त्यसपछि छैठीमा सारङ्गीबाट विभिन्न मङ्गलगान गाएर आशीर्वाद दिने चलन छ। यस  बाहेक ब्रतबन्ध लगायत सबै शुभकार्यमा धुमधामसँग सारङ्गी बजाएर गान बजानका साथ मनाउँदछन्। सारङ्गी साथै अरबाजा (आरबाजो) पनि गन्धर्वहरुको अर्काे बाजा हो। उनिहरु सारङ्गीलाई पोथी र अरबाजालाई भाले भन्न रुचाउँछन्। तर अरबाजा आजभोलि कमै प्रयोगमा आउने गरेको देखिन्छ।
 नेपालमा २०१३ सालभन्दा अगाडि सारङ्गी बजाउनेलाई गाइने भन्ने गरिन्थ्यो। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेपालको एकीकरण अभियानमा गोर्खाली भारदारहरु सहित मनिराम गाईने पनि प्रयोग गरिएको थियो। यसबाट नेपालको एकीकरण अभियानमा समेत गन्धर्व जातिको योगदान महत्वपूर्ण रहेको थाहा हुन्छ।
 त्यसपछि पनि लामो समयसम्म गन्धर्वहरु गाउँघरमा समाचार पुर्‍याउने साथसाथै साङ्गीतिक मनोरञ्जनका साधनहरुको विकासले गर्दा गन्धर्वहरुको सारङ्गी पनि निश्चित स्थान बाहेक अन्त सुन्न पाइएको छैन। यसबाट उनीहरुको जिवन वास्तवमै सङ्कटमा गुजि्ररहेको देखिन्छ। इतिहाँसले उनीहरुलाई शिक्षा र सम्पत्तिको अधिकारबाट वञ्चित गराएको र वर्तमानमा पनि राज्यले सामाजिक शोषणमा परेका जातिहरुलाई सार्वजनिक क्षेत्रहरुमा पर्याप्त स्थान निश्चित नगरिदिनुले आफूहरु सधैँ पछाडि पर्ने गरेको उनीहरु बताउँछन्। सबैलाई सम्मानपूर्वक जीवन बिताउने अवसहरु दिलाएर सभ्य र समुन्नत नेपाल निर्माण गर्ने दिशामा राज्य नलागेको उनीहरुको गुनासो रहेको छ।
 गन्धर्व जाति नेपालको एक महत्वपूर्ण साँस्कृतिक धरोहर हुन। सारङ्गी बजाउनु र गीत गाउनु उनीहरुको परम्परागत जातीय कर्म हो। हिन्दु धर्मग्रन्धमा उनीहरुको स्थान ब्रह्मा, सरस्वती, नारदसँगै व्यख्या गरेको पाइन्छ। पौराणिक ग्रन्थहरुमा उच्च सम्मान पाएका गन्धर्व वर्तमानमा किन उपेक्षित बने त्यो अध्ययनको विषय हुन सक्छ। तापनि नेपालीको इतिहासका विभिन्न कालखण्डमा गन्धर्वहरुलाई स–सम्मान महत्वपूर्ण कार्यमा प्रयोगगर्ने गरेको उदाहरण पाइन्छ।
 नेपाल एकीकरण अभियानमा पनि गाइनेहरुलाई लडाईमा प्रयोग गरेको पाईन्छ। पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा मनिराम गाइने लडाइमा चाहिन्या भनिएकोबाट गन्धर्वहरुलाई सेनामा पनि गाउनका लागि उपयोग गरेको देखिन्छ। नेपाली इतिहासमा गन्धर्व शब्दलाई नै गाइने भन्ने गरेको इतिहासविद्हरु बताउँछन्। २०१३ सालदेखि जनकवि धर्मराज थापाबाट गन्धर्व नै भनी सम्मानपूर्वक सम्बोधन गरेबाट उनीहरुलाई गन्धर्व नै भन्न थालियो। हाल कसैले गायक त कसैले गन्धर्व वा गान्धारी पनि लख्ने गरेको पाइन्छ।
पौराणिक ग्रन्थहरुमा गन्धर्वले देवगणसँग मिलेर स्वर्गलोक सजाउन मद्दत गरेको बुझिन्छ भने नेपाली विगतमा उनीहरु सञ्चारका माध्यम भई समाजमा सेवा प्रदान गरेको बुझिन्छ।

 पौराणिक ग्रन्थहरुमा गन्धर्वले देवगणसँग मिलेर स्वर्गलोक सजाउन मद्दत गरेको बुझिन्छ भने नेपाली विगतमा उनीहरु सञ्चारका माध्यम भई समाजमा सेवा प्रदान गरेको बुझिन्छ। जुन बेला सञ्चारका साधनको विकास भएको थिएन त्यतिबेला उनीहरु देशका कुनाकाप्चा पुगी समाचार सङ्कलन गरी एक ठाउँबाट अर्काे ठाउँमा सुनाउँदै हिड्ने गर्दथे। राजा महाराजका महिमा गाउने, विर योद्धाको वीरता गाउँने, युवालाई वीरताकापूर्वक रणभूमिमा उत्रन उत्साहित पार्ने घटना विवरणलाई प्रसार गर्ने लगायत प्रेमालाप तथा विछोड र बेदनाका गीतमार्फत् समाज र ब्यक्तिलाई शिक्षा प्रदान गर्ने काममा उनीहरुको भूमिका रहेको देखिन्छ।
 समय र परिस्थितिअनुसार समाजमा भएको परिवर्तनबाट बिस्तारै गर्न्धवहरुको भूमिका साँगुरो हुँदै गयो त्यही समयकै कालखण्डमा उनीहरु नेपाली समाजबाट पूर्ण रुपले उपेक्षित बन्न पुगे। जातीय बिभेदको कारण उनीहरु शिक्षा र सम्पत्तिको अधिकारबाट बञ्चित रहे र वर्तमानमा अधिकांशको आर्थिक स्थिति दयनीय भएको देखिन्छ। तापनि हालको उदार सामाजिक परिस्थितिमा आफूलाई समयसंगै परिवर्तन गर्न सक्ने थोरै व्यक्ति र परिवार भने सफल र सबल नै  देखिन्छ। यसको उदाहरणमा पोखरा बाटुले चौर घर भएका कम्प्युटर इन्जिनियर रामशरण गर्न्धव शिक्षाशास्त्रबाट स्नातकोत्तर गर्ने गोर्खा जिल्ला निवासी राजकुमार गन्धर्वलगायत सारङ्गी बादन कलाबाट नै सफल बनेका खिम बहादुर गर्न्धव, झलकमाना गर्न्धव, रामशरण नेपाली लगायत अन्य कलाकारहरुलाई लिन सकिन्छ।

 

To be Continue....

   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
< Prev   Next >
Dil Maya Khati Dil Maya Khati
Naren Limbu (Aastha Band) Naren Limbu (Aastha Band)
Ani Choying Dolma Ani Choying Dolma
Urmila Shrestha Urmila Shrestha
Nabin K Bhattarai Nabin K Bhattarai
Nepathya Band Nepathya Band
CP Lohani CP Lohani
Shiva Shankar Shiva Shankar
Prem Prakash Malla Prem Prakash Malla