आमा तिमी एउटी थियौ, मेरो आफ्नो भन्नलाई तर आज बिरानो ठानी, गयौ नि छोडी मलाई आँशु पुछ्थ्यौ आमा तिमी, मैले आँशु झार्दा रुन्थ्यौ तिमी लुकी लुकी म बिरामी हुँदा चोट लाग्दा मलाई आमा, दुख्थ्यो नि तिमीलाई याद आउँछ घरीघरी, मायाले गाली गरेको मलाई लुक्थें म तिम्रै काखमा, निदाउँथें त्यही काखमा खोजेर पाउन गाह्रो आमा, तिमी जस्ती लाखौंमा तर आज कस्ले पुछ्ला आँशु, म यहाँ रुँदा कसले गर्ला हेरचाह आमा, म बिरामी हुँदा कसले लगाई देला मलम, मेरो मनको घाउमा कसले गर्ला गाली आमा, मैले गरेको गल्तीमा बाबाले गाली गर्दा लुक्ने त्यो तिम्रो काख कहाँ पाउँला अब आमा, जति गरे नि शोक हेर्दै होलाऊ आमा तिमी, बसी अर्कै लोकमा कठै भन्दी होलाऊ, मैले भोग्ने प्रत्येक दुःखमा नझार्नु आँशु आमा तिमी, मेरो प्रत्येक पीडामा माया लागे बोलाउनु मलाई नि तिम्रै लोकमा संगै बसौंला सँगै रमाउँला, तिम्रै लोकमा बसी बाँडौला हाँसो खुशी आमा, एक अर्काको आँशु पुछी माग्दीन केही, बरु एउटा बिन्ती छ आमा तिमीलाई आशिष दिनुछ भने आमा, मृत्युको आशिष देऊ मलाई मृत्यु देऊ मलाई,आफूसँगै लैजाऊ मलाई।
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Aama
आमा तिमी एउटी थियौ, मेरो आफ्नो भन्नलाई तर आज बिरानो
|
|
|