सपना, एउटा मनमा गुम्सिएको भावना पोख्ने माध्यम सपना, एउटा असम्भवलाई सम्भव बनाउने माध्यम। सपना, सबैले देखेको हुन्छ एउटा न एउटा सपना एउटा सुन्दर सपना, कसैको ठूलो, कसैको सानो। जसलाई पूरा गर्ने आकाँक्षा हुन्छ सबैको मनमा। तर, के सपना सबै पूरा हुन्छन् त?अवश्य हुँदैन। सपना, मात्र निद्रामा सीमित रहन्छ, विउँझिएपछि हुन्छ सबै चकनाचुर कुनै सिसा फुटे सरह। सपना विपनामा विलिन हुन्छ, बाँकी रहन्छ त मात्र इच्छा। सपना, सपनामै सीमित रहन्छ, विपनामा सपना सबै हराउँछ। रहन्छ त केवल तितो सत्य, त्यही दुःख, त्यही पीडा, त्यही अभाव जसको विपरीत देख्छौँ हामी सपना। त्यही सत्य हामी सामू पर्छ, जब हामी सपनाबाट विपनामा आउँछौँ। अनि धिक्कार्न थाल्छौँ आफ्नो तीतो सत्यलाई सपनालाई भोलि सफल पार्ने कसम खान्छौँ र र फेरि हामी फेरि सुत्छौँ, गर्दैनौँ केही काम। सपनालाई विपनामा ल्याउने भोलि कहिल्यै आउँदैन, काम गर्नुको सट्टा फेरि सुत्छने सबै यहाँ, फेरि अर्को सपना देख्न। एउटा झुटो सपना, मात्र मनको लागि आश्वासन। सपना, सपना, आकाशमा महल बनाउनु सरह छ जुन कहिल्यै सफल हुँदैन। तर मानिस सपनामा नै रमाउँछ उनीहरु त सपनाको थुप्रो बनाउन नै व्यस्त हुन्छन्।
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Sapana
सपना, एउटा मनमा गुम्सिएको भावना पोख्ने माध्यम सपन
|
|
|
| Users' Comments |
|
Average user rating
(0 vote)
|
|
Add your comment
|