Views : 422
Favoured : 2
Published in : Poems, Basanta Maharjan
के भयो आज मलाई, खै किन हो टोलाइरहेछुबन्द कोठामा बसेर पनि, खै कहाँ हो कहाँ हराइरहेछु।
जिवनयात्राको एउटा पाटो, खुशी म खोजी रहेछुत्यसैले त बन्द कोठामा बसेर, आज आफैमा हराइरहेछु।
ऐनामा आफ्नो छवि हेरी, आफैलाई म नियालिरहेछुखै कस्तो छु म भनी, आफै आफैमा हराइरहेछु।
मेरो भविष्य कस्तो हुने हो भनी, क्षितिज हेर्दै टोलाइरहेछुत्यसैले त बन्द कोठामा, म कहाँ हो कहाँ हराइरहेछु।
मेरो पचिय हे छ भनी, आफुले आफैलाई सोधिरहेछुआफ्नो अस्तित्व खोज्दा खोज्दै, संसारबाटै म हराइ पो सकेछु।
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted