क्षणभरको सुन्दरता छर्नका लागि बसन्त यो आउँछ किन? शिशिरको आगमनसँगै सारा सुन्दरता उजाडिन्छ किन?
कठ्याङ्ग्रिदो शरदसँगै फूल ओइली झर्छ किन?
पलभरको हाँसो पछि नैराश्यता र रोदन छाउँछ किन? सुखी–सम्पन्न मानिसले पनि दुःखको सामना गर्नुपर्छ किन? दुःख पाउने थाहा हुँदाहुँदै क्षणिक सुखमा मानिस रम्छ किन? चोखो निश्चल मायामा पनि बिछोडको पीडा हुन्छ किन? बिछोडको पीडा भएता पनि मानिस मायामा फस्छ किन? सोझो बाटोमा हिंड्दा पनि ठेसमाथि ठेस लाग्छ किन? सम्झौता गर्न खोज्दा खोज्दै पाइला लारखराउँछ किन? हरेक मानिस जन्मेपछि एकदिन अवश्य मर्छ किन? प्रत्येक पल्ट सुख पछि दुःख आउँछ किन? तैपनि मानिस दुःखलाई आत्मसाथ गर्नसक्दैन किन? यी सबै प्रश्नको उत्तर पाउँदिन म किन? आखिर किन?