Aantim Patra Print E-mail
User Rating: / 6
PoorBest 
 

Views : 521    

Favoured : 2

Published in : Poems, Basanta Maharjan


लेख्दैछु म अन्तीम पत्र तिमीलाई
रोएर होइन खुशीका साथ
मुटुबाट बिदा गर्दैछु तिमीलाई।

भुल्न थालेको छु आज तिमीलाई
तिमीले दिएका पीडालाई
अनि पिडाले जन्माएका आँशुलाई
त्यसैले, लेखदैछु म अन्तीम पत्र तिमीलाई

तिमीले लिएका आँशु अनि पीडाका लागि
धन्यबाद दिँदै छु आज तिमीलाई।

तिमीसँगका दिनलाई भुलेको छु मैले
तिमीले भन्दा धेरै माया गर्ने
साथी पाइसकेको छु मैले

त्यसैले, लेख्दैछु म यो अन्तीम पत्र तिमीलाई
तिमीबिनाको जीवन बाँच्न सिक्दैछु
यही भन्न चाहन्छु आज तिमीलाई।

तिमीले दिएको घाउले तड्पेको थिएँ म
आज ति सबै घाउहरुमा
उसको मायाको मलम लगाउँदैछु म

त्यसैले त, लेख्दैछु म अन्तीम पत्र तिमीलाई
तिमीले दिएका घाउहरु निको हुँदैछ
यही खबर सुनाउन चाहन्छु तिमीलाई।

बिर्सीसकेँ आज, तिमीसँग रमेको सपनामा
आज सपना सबै बिर्सेर
उसँग रमाउँदै छु म विपनामा

अतःलेख्दैछु म आज अन्तीम पत्र तिमीलाई
सपनाबाट विउँझीसकेको छु म
यही खुशीको खबर सुनाउन चाहन्छु तिमीलाई।

तिमीले दिएको धोका पनि खुशीसाथ अपनाएँ मैले
तिमीले छोडेर गयौ र त
असल जीवनसाथी उपहार पाएँ मैले
त्यसैले,लेख्दैछु म अन्तीम पत्र तिमीलाई
तिमीले दिएको उपहारका लागि
धन्यबाद दिन चाहन्छु आज तिमीलाई।
 
तर, अझै तिम्रा याद अल्झेको छ मष्तिस्कमा
विस्वास छ मलाई, उसको साथ पाई
विर्सने छु तिम्रा यादहरु भविष्यमा

त्यसैले,आज अन्तीम पत्र लेख्दैछु म तिमीलाई
उसलाई मुटु भित्र बास दिई
खुशी खुशी मुटुबाट विदा गर्दैछु तिमीलाई
मुक्त गर्दैछु म आज तिमीलाई।


   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
< Prev
 
The Himalayan country of Nepal does not have a very long film history, but the industry has its own place in the cultural heritage of Nepal. Most Nepali films use Bollywood-style songs and narrative, and are shot on 16mm film. In film industry parlance, Kathmandu, the capital and center of the Nepali-language film industry, is called Kollywood (or Kaliwood as an alternate spelling) within Nepal (not to be confused with India's Tamil language film industry Kollywood, based in Chennai).

vintunaz

only4unp

needvsdesire

mumtaz_g

prajwol

sangalo_digital
Advertisement
 
Recent Artist / Band
Aruna Lama Aruna Lama
Chandra Raj Sharma Chandra Raj Sharma
Kamala Shrestha Kamala Shrestha
CP Lohani CP Lohani
Ani Choying Dolma Ani Choying Dolma
Jhalak Man Gandarbha Jhalak Man Gandarbha
Kutumba Kutumba
Raju Maharjan, Percussion (Kutumba) Raju Maharjan, Percussion (Kutumba)
Subha Bahadur Subha Bahadur
 
 
Spottt