लेख्दैछु म अन्तीम पत्र तिमीलाई रोएर होइन खुशीका साथ मुटुबाट बिदा गर्दैछु तिमीलाई। भुल्न थालेको छु आज तिमीलाई तिमीले दिएका पीडालाई अनि पिडाले जन्माएका आँशुलाई त्यसैले, लेखदैछु म अन्तीम पत्र तिमीलाई तिमीले लिएका आँशु अनि पीडाका लागि धन्यबाद दिँदै छु आज तिमीलाई। तिमीसँगका दिनलाई भुलेको छु मैले तिमीले भन्दा धेरै माया गर्ने साथी पाइसकेको छु मैले त्यसैले, लेख्दैछु म यो अन्तीम पत्र तिमीलाई तिमीबिनाको जीवन बाँच्न सिक्दैछु यही भन्न चाहन्छु आज तिमीलाई। तिमीले दिएको घाउले तड्पेको थिएँ म आज ति सबै घाउहरुमा उसको मायाको मलम लगाउँदैछु म त्यसैले त, लेख्दैछु म अन्तीम पत्र तिमीलाई तिमीले दिएका घाउहरु निको हुँदैछ यही खबर सुनाउन चाहन्छु तिमीलाई। बिर्सीसकेँ आज, तिमीसँग रमेको सपनामा आज सपना सबै बिर्सेर उसँग रमाउँदै छु म विपनामा अतःलेख्दैछु म आज अन्तीम पत्र तिमीलाई सपनाबाट विउँझीसकेको छु म यही खुशीको खबर सुनाउन चाहन्छु तिमीलाई। तिमीले दिएको धोका पनि खुशीसाथ अपनाएँ मैले तिमीले छोडेर गयौ र त असल जीवनसाथी उपहार पाएँ मैले त्यसैले,लेख्दैछु म अन्तीम पत्र तिमीलाई तिमीले दिएको उपहारका लागि धन्यबाद दिन चाहन्छु आज तिमीलाई। तर, अझै तिम्रा याद अल्झेको छ मष्तिस्कमा विस्वास छ मलाई, उसको साथ पाई विर्सने छु तिम्रा यादहरु भविष्यमा त्यसैले,आज अन्तीम पत्र लेख्दैछु म तिमीलाई उसलाई मुटु भित्र बास दिई खुशी खुशी मुटुबाट विदा गर्दैछु तिमीलाई मुक्त गर्दैछु म आज तिमीलाई।
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Aantim Patra
लेख्दैछु म अन्तीम पत्र तिमीलाई रोएर होइन खुशीका स
|