निस्तब्ध अन्धकार मध्य रात रात्रीमा आफ्नै ब्यथा र पीडाका चिराग जलाए पिएरै आफ्ना आँसुका थोपा थोपाहरु असीमित जलनमा यो देहको शान्त गराए
के नै गुनासो छ र मलाइ अरु कोही संग हासी हासी आफ्नो अस्तित्व लुटाए भरोसा र विश्वास नै के अरुको मलाइ जानी जानी आफैलाइ आधात पुराए
म सक्दिन आँसु र पिडामा मुस्कुराउन जब आँसु नै आँसुको संसारमा रम्न मन पराए म सक्दिन कसैको विश्वास र आत्मा संग खेल्न रोइ रोइ चुप चाप खुसी गुमाए
के फरक पर्छ र अब जतिसुकै आत्मा चोट पाए पनि चोटै चोटमा जिउँदा जिउँदै आत्मालाइ पत्थर बनाए दिए हुन्छ जुनसुकै उपनाम यो भड्किएको देह न हो बेवारिसे भइ सडकमा मिल्कन मन पराए
कस्तो नियति यो संसारको जुल्पी अोइलाउन बाध्य म अतृप्त तृष्णा मेट्न आफ्नै आँसु पिलाए के छ र अब बाकी नै यो उल्लास यो मुटुमा जिउँदा जिउदै पनि मरिदिन मन पराए