Your Ad Here
Ma Unlai Print E-mail
User Rating: / 0
PoorBest 
 

Views : 268    

Favoured : 2

Published in : Poems, Naresh Maharjan

म उनलाई आफ्नो दुखेसो पोख्न सक्दिन

टाढा अनि धेरै टाढा उनी
म पनि उस्तै अनी
चट्टानको ठक्करै ठक्करबाट
हैरान भएको म पनि

कुनै दोभानमा भेट्ने आसमा
निरन्तर ठक्करहरुको साथमा
बगिरहे उनि भेट्ने आसमा
कुनै दोभानमा भेटहुने आसमा

उनी पनि म जस्तै रहिछिन्
निरन्तर उर्लि बगि रहने
उनी पनि कुनै दोभानको खोजिमा
मलाई मात्र मलाई भेट्ने आसमा

कुनै त्रिबेणिमा भेट्नु पर्छ भनेर
दोभानमा मायाका कुरा गर्नुपर्छ भनेर
म आफ्नै गन्तब्यमा हिडिरहे
उनी आफ्नै गन्तब्यमा

कयैन दोभानहरु आए
कयैन त्रिबेणिहरु आए
त्रिशुली अनि नारायणी उर्लि अए
उनी सँगै बग्छु भनि

मेल त हाम्रो निश्चित थियो
कुनै अन्नत सागरमा पनि
तर त्यहाँ म उनलाई आफ्नो दुखेसो पोख्न सक्दिन
अनि उनका सुस्केरा पनि सुन्न सक्दिन

अन्तत् उनीलाई कुनै दोभानमा
भेटहुने पूर्ण आसमा
चट्टानहरुको निरन्तर ठक्कर सँगै
मुटु भरि आसाको त्यार्न्दो बाडी बगिरहे बगिरहे ।। ।।

   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
< Prev   Next >
Recent Artist / Band
Mitra Sen Thapa Mitra Sen Thapa
Tara Devi Tara Devi
Nabin K Bhattarai Nabin K Bhattarai
Chandra Raj Sharma Chandra Raj Sharma
Pavit Maharjan, Percussion (Kutumba) Pavit Maharjan, Percussion (Kutumba)
Shiva Shankar Shiva Shankar
Prem Prakash Malla Prem Prakash Malla
Dhruba K.C. Dhruba K.C.
Nati Kaji Nati Kaji