Thursday, June 26, 2008

What is Poverty ? (गरीबी के हो ?) "३"

        मेरो श्रीमानले कहिलेकाँही काम पाउनु हुन्नथ्यो तर त्यतिबेला कमाएको जती सबै अहिले जस्तै खानेकुरामै खर्च हुन्थ्यो । तीन बर्षसम्म तीनवटा बच्चा जन्माई हामीले कसरी गुजारा गर्‍यौ भन्ने कुरा मलाई थाहा छैन, तर जसरी तसरी बाँच्यौ । म तिमीलाई केही कुरा भन्छु, अन्तिम सन्तान भएपछि मैले बैबाहिक सम्बन्ध समाप्त गरे । सम्बन्ध राम्रो नै भएको थियो, तर यस्तो फोहोरमा म अरू बच्चा हुर्काउन सक्थे त ? कुनै पनि प्रकारको परिवार नियोजनको प्रयोग गर्न कति खर्च लाग्छ भनेर तिमीले कहिलै सोचेका छौ ? जाने दिन मलाई छोडेर मेरा श्रीमान जाँदै हुनुहुन्थ्यो भन्ने कुरा थाहा थियो, तर हाम्रो बिचमा बिदाबादी भएन । यो भद्रगोलबाट उम्केर वहाँ कतै जानुभयो होला भन्ने मेरो आशा छ । हामी संगसंगै बसेर दिक्क लाग्दो जीवन बिताउने कुरा वहाँले सोच्न सक्नुभएन ।
        त्यतिबेला नै मैले मद्दत माग्न हात फैलाउनु परेको थियो । मैलेसहयोग पाएँ, कति पाएँ तिमीलाई थाहा छ ? चारजनाको लागि महिनाको अठहत्तर डलर पाएँ र पाउछु, मैले पाउन सक्ने सहयोग सधैं यत्ति नै हो । अब मसँग साबुन्, सियो, धागो, तातो पानी, एस्पिरिन औषधी, जुकाको औषधी, हातमा दल्ने क्रीम, श्याम्पू किन नभएको हो भनेर थाहा पायौ । यि कुनै चिज पनि मैले आफ्नो जिन्दगीमा कहिले पनि प्रयोग गर्न पाउने छैन । त्यो किन भनेर तिमीले राम्ररी बुझ्न सक्छौ, महिनाको बिस डलर घर-भाडामा जान्छ, र बाँकी सबैजसो मकैको पिठो, र मकैको खाद्य, चामल, दूध र गेडागुडी आदी खानेकुरामा खर्च हुन्छ । बिजुलीको खपत न्यूनतम गर्ने सक्दो प्रयास गर्छु । बिजुलिमा बढी खर्च गरे खानेकुरको लागि ज्यादै कम बच्छ ।
        गरीबी भनेको अन्धकार भबिष्यतिर हेर्नु हो । तिम्रो छोराछोरी मेरा छोराहरूसँग खेल्दैनन् । त्यसो भएपछि मेरा छोराहरू अरू चोर केटाहरूसँग संगत गर्छन् । म उनिहरूलाई मेरो गरीबीको बारले घेर्नुको सट्टा झ्यालखानाको डन्डिभित्र घेरिएको देख्न सक्छु । अथवा उनिहरू स्वतन्त्र भएर रक्सी र नशालु औषधी खानेछन् र नशाको दास बन्नेछन् । अनि मेरी छोरी ? सबभन्दा राम्रो भइदिए, उनको जीवन मेरो जस्तै हुनेछ ।
        तर तिमी मसँग भनौला छोराछोरीलाई पढ्ने स्कूल छन् नि । छन्, स्कूल छन् । मेरा छोराछोरीसँग अतिरिक्त किताप, हुँदैन, पत्रपत्रीका हुँदैन, थप सिसाकलमका रंग हुँदैन, अथवा कागत हुँदैन र सबैभन्दा महत्वपूर्ण कुरा उनिहरुको स्वास्थ्य राम्रो छैन । उनिहरूको पेटमा किरा छ, उनिहरूलाई सरूवा रोग लागेको छ, गर्मी महिनाभरि उनिहरूको आँखा रातो हुन्छ । भईमा अथवा मसँग एउटै ओछ्यानमा उनिहरू राम्ररी सुत्दैनन् । उनिहरू भोकभोकै मर्दैनन्, मेरो अठहत्तर डलरले उनिहरूलाई बचाएर राखेको छ, तर उनिहरू कुपोषणका शिकार भएका छन । हो त, स्वास्थ्यको बिषयमा स्कूलमा पढाएको कुरा मलाई सम्झना छ । यसले धेरै फाईदा गर्दैन । कतैकतै थप सामाग्री बाँड्ने कार्यक्रम हुन्छ । यहाँ त त्यो पनि छैन । ज्यादै बढी खर्च पर्छ भनेर गाउँ बिकास समिति भन्छ । बिद्यालयमा दिउसो खाजा खाने कार्यक्रम छ । तर स्कूल जाने उमेर पुग्दा नपुग्दै उनिहरूको स्वास्थ्य खत्तम भैसक्नेछ ।

क्रमश....

Sunday, May 25, 2008

"The Romancers" प्रेमीहरू भाग-"५"

       यी बिभिन्न प्रकारका अपहरणमध्ये सबै कुरा मिसिएको युवा प्रेमिहरूले जिन्दगी भरि सम्झने खालको अपहरण होस् भन्ने बाहरुको इछ्या छ । पैसाको मतलब छैन । सबै साधन समाबेश भएको अब्बल दर्जाको अपहरण गर्ने योजना बनाएर स्ट्राफोरेल निस्कन्छ ।
       पैसा नतोकिकन भद्र, बिद्वान गएकोमा उनिहरू खुशी छन् । अब सबै कुरा मिलिसकेपछि पर्खाल भात्केर एउटै घर हुने भयो । र हिउँदमा शहर जाँदा पनि एउटै घर भाडामा लिए भयो । उनिहरू बगैचामा प्रबेशद्वार राख्ने रूख मुठार्ने, बाटोमा ढुंगा हाल्ने, फूलले आफ्नो नाम लेख्ने, पोखरी बनाउने, माछा पाल्ने, फोहरा राख्ने, सँगसँगै बुढेसकाल बिताउने योजना बनाउँछन् ।
       सिल्भेटी आफ्नो बाले बर्गामिनलाई समातेको देख्छे । र पर्सिनेटलाई पनि देखेपछि बाहरु झगडा गर्न थाल्छन् । तर छोराछोरी आई उनिहरुलाई छुट्याएर लैजान सफल हुन्छन् । "घर जान ढिलो भयो" भन्दै पर्सिनेट आफ्नो बुवालाई तानेर घर लैजान्छ । यसैगरी रिसले चुरिएको आफ्नो बुवालाई सिल्भेटी "शान्त बन्नुहोस् र आफ्नो बाथ रोगको बारेमा बिचार गर्नुहोस्" भन्दै लैजान्छे । सबै जना निस्कन्छन् ।
       साँझ पर्न लागेको छ । एकछिनसम्म मञ्च रित्तो हुन्छ । त्यसपछि स्ट्राफोरेल र उसका तरबारबाज, संगितकार आदि पार्कमा प्रबेश गर्छन । स्ट्राफोरेल भन्छ, "सफा आकाशमा एउटा तारा देखिसकियो, दिन सकिन लागिसक्यो ।" ऊ आफ्नो मानिसहरुलाई बस्ने ठाउँ देखाउछ । कुनै पनि बेला साँझको प्रार्थना शुरू हुन सक्छ र केटी आउन सक्छे । जून लागेको छ । उनिहरुको लुगा गजब छ । तरबार तयार छ । उलिनकाठ छाँयामा छ र बोक्ने कालाहरु पनि तयार छन । र उसको आदेश पाउनासाथ आउने गरी मसाल बोक्नेहरुलाई आदेश दिइन्छ । संगीतकारहरु गुलाबी प्रकाशको पृष्ठभुमिमा आएर बसेका छन । बाजावालाहरुको ठाउँ तोकिन्छ । ऊ मकुण्डो लगाएर तयार बस्छ ।
       बिस्तारै पर्सिनेट बोल्छ । अन्धकार बढ्छ र तारा देखिन्छ । "मेरो बुवा शान्त हुनु भयो- म यहाँ आउन सफल भएँ... साँझ परिसक्यो... हावामा रुखको अनि सुगन्धित वास्ना छ..." मधुर संगीत गुञ्जन्छ । "म नर्कट जस्तै हल्लिराखेको छु । मलाई के भयो ? उनि आउने बेला भैसक्यो" पर्सिनेट भन्छ । "यो मेरो साँझमा उनिसँग पर्ने पहिलो भेट हो । हावाले रेशमी कपडा जस्तै स्वार्र स्वार्र गरिराखेको छ । म फूल देख्न सक्दिन, आँखामा आँशु छ । तर सुंघ्न भने सक्छु । त्यो अग्लो रूखको टुप्पामा तारा छ । तर कसले बाजा बजाइराखेको छ ? रात पर्‍यो - अब उसका पुराना इच्छाहरू मृत्युशय्यामा पल्टन्छ, र जवान प्रेम उसको उत्तराधिकारी हुने चाहना गर्छ, त्यो सुन्दर ब्यक्ती जसको लागि प्रेम ज्यादै तड्पन्थ्यो, अब मर्नेछ आफ्नो जुलिएटसँग जोडा बनेर । अब रोमियो प्रेमी भएर फेरी प्रेम गर्नेछ । अनुहार अझै पनि लठ्ठ पार्ने खालको छ, तर उसका शत्रु उसले गुनासो गर्ला भन्ठान्छन् र डरलाग्दो बल्छि बाट उनले आहार लुटिन् । तर शत्रु उसले भनेर ठानिएकोले प्रेमिहरुले जस्तै प्रतिज्ञा उसले गर्न सक्नेछैन, उनि अति प्रेममा भएकीले नयाँ प्रेमी भेट्ने छैनन्, चाहनाले उनिहरूलाई शक्ती दिन्छ । अति मिठासले उनिहरूले आफ्नो तिब्र रिसलाई शान्त पारे ।
       टाढा घन्टी बजेको सुनिएपछि सिल्भेटी देखा पर्छिन । घन्टी बज्यो उनको प्रेमी प्रतिक्षा गरिराखेको होला भन्ने उनको सोचाई छ । सिठी बज्छ । स्ट्रफोरेल अगाडी देखा पर्छ, मसाल देखिन्छ । पेशेवर हत्याराहरू उनलाई समातेर जबर्जस्ती उलिनकाठमा हाल्छन । उनले "गुहार मलाई अपहरण गरियो" भनेपछि पर्सिनेट पर्खालबाट हाम्फाल्छ र तरवार निकालेर लड्न थाल्छ अरू भाग्छन् । स्ट्राफोरेल जमिनमा लड्छ । ऊ सिल्भेटी भन्दै दौडन्छ । पास्क्विनट आएर वीर पुरुष भनेर प्रशंसा गर्छ र आफ्नी छोरीलाई बचाएको भनेर हात मिलाउँछ सिल्भेटी र पर्सिनेट खुशी हुन्छन् । बर्गामिन मसाल बोकेका आफ्ना नोकर सहित आउछ । "तिम्रो छोरा वीर पुरुष हो । हाम्रो झगडा समाप्त गरेर केटाकेटीलाई खुशी पारौ" पास्क्विनट भन्छ । गंभीर भएर मेरो घृणा कम भयो भनेर बर्गामिन भन्छ । "हामीले सपना देखेको हो कि क्या हो ? सिल्भेटी, नत्रभने हाम्रो आवाजले हामीलाई बिउँझाउनु पर्ने" भनेर पर्सिनेट भन्छ । "झगडा सधैं बिहे गरेपछि सकिन्छ । अब शान्तसँग बसौ" बर्गामिन भन्छ । "मेरो बुवा यसरी बदलिनु होला भनेर कसैले सपनामा सोचेको थिएन" पर्सिनेट भन्छ । सिल्भेटी निर्दोष स्वरमा भन्छिन् "सबै कुरा आखिरिमा राम्रो हुन्छ भनेर मैले पहिले नै भनेको होइन ?" प्रेमिहरू पास्क्विनटसँग अर्कोतिर गएपछि स्ट्राफोरेलले हात उठाएर बर्गामिनलाई कागतको टुक्रा दिन्छ । "यो सही गरेको कागत के हो ?" भनेर उसले भनेपछि "मेरो बिल हो श्रीमान् भनेर झुक्दै" भनेर स्ट्रफोरेल फेरी भईमा सुत्छ ।

समाप्त

Sunday, May 04, 2008

What is Poverty? (गरीबी के हो ?) "2"

       ...गरीबी भनेको जाडो महिनाको रातमा आगोको झिल्को पत्रीका टाँसेको भित्तामा उडेर गएपछि निदाइराखेका केटाकेटी जलेर मर्लान् भन्ने डरले रातभरी जागा रहनु हो । गरीबी भनेको गर्मी याममा डाँस र झिङ्गाले तिम्रो बच्चाको आँशु पिएको हेरेर बस्नु हो । झ्यालढोकाको जाली च्यातिएको हुन्छ र तिमी यती थोरै घरभाडा तिर्छौ कि जाली फेरिएला भनेर तिमी ले ठानेकै हुँदैनौ । गरीबी भनेको खानेकुरामा, नाकमा किरा-फटेङ्ग्रा बस्नु र सुतेको बेलामा जिउभरि किरा-फटेङ्ग्रा हिंड्नु हो । गरीबी भनेको बर्षातको बेलामा टालो नसुक्ला भनेर पानी नै नपरोस् भन्ने आशा गर्नु हो र टालो नसुके समाचारपत्र प्रयोग गर्नुपर्ने हुन्छ । गरीबी भनेको सधैं आफ्ना बच्चाले सिङान चुहाइराखेको हेर्नु हो । कागतको रूमाललाई पैसा तिर्नुपर्छ र घरमा भएका टालाटुली अरू नै काम गर्न चाहिन्छ । अझ बढी महँगो त चिलाउँदा प्रयोग गर्नुपर्ने औषधी पर्छ । गरीबी भनेको खानेकुरा नभइकनै भान्सामा पकाउन बस्नु र साबुन नै नभै धुन सफा गर्न बस्नु हो ।
       गरीबी भनेको मद्दत माग्नु हो । तिमीले मागेको मद्दत पाइएन भने तिम्रा केटाकेटीले दु:ख पाउँछन् भनेर जानेपछि के तिमीले कहिले मद्दत मागेका छौ ? मद्दत माग्नु भनेको आफ्नो नातेदारसँग रिन माग्नु मात्रै हो भन्ने कल्पना गरी मद्दत माग्ने बारेमा सोच त ? यसो गर्नु कस्तो हुन्छ म तिमीलाई भन्छु । उसलाई भेट्न उसको काम गर्ने ठाउँ कहाँ छ भनेर तिमीले थाहा पाउनुपर्छ । काम गर्ने ठाउँ कुन भवनमा छ भनेर चार पाँच पटक घुम्छौ । आफ्नो केटाकेटीको बारेमा सोचेर तिमी भित्र पस्छौ । सबैजना अफिसमा ब्यस्त हुन्छन ? अन्त्यमा, कोही बाहिर आउछ र तिमी उसँग मद्दत माग्छौ । उसले तिमीलाई मद्दत गर्दैन । तिमी गएर अर्को ब्यक्तिलाई भेट्छौ । र आफ्नो गरीबीको सम्पूर्ण लाज तिम्रो र उसको बिचमा भएको डेस्कमा पोखेर पछि त्यो अफिस तिमीले खोजेको ठीक अफिस होइन भनेको थाहा पाउछौ तिमीले फेरी त्यही कुरा दोहोराएर गर्नुपर्छ र अर्को ठाउँमा पुगेपछि पनि मद्दत पाउन सजिलो हुँदैन ।
       तिमी मद्दत माग्छौ र जे भए पनि मद्दत माग्न जाँदा पनि खर्च गर्नुपर्छ । तिमीलाई फेरी पर्खनु भनिन्छ । तिमीलाई किन भनेर भनिन्छ, तर लाजले रातो रातो भएकोले र निराशाको कालो बादलले छोपेकोले तिमी वास्तवमा केही पनि सुन्दैनौ ।
       गरीबी भनेको बितेको दिनको सम्झना गर्नु हो । "असल" केटाकेटीहरू मेरो लुगा र मेरो गन्धप्रती ज्यादै निर्दयीभएको कारणले निम्न माध्यामिक बिद्यालयमा पढ्दापढ्दै स्कूल जान छोडेको कुरा सम्झनु हो । त्यो उमेरमा बिद्यालयमा अनिवार्य रूपले उपस्थिती हुनुपर्छ भनेर जाँच्ने हाकिम आए । मेरी आमाले म गर्भवती भएको कुरा भन्नु भयो । म गर्भवती भएकी थिइन, तर काम खोजेर आमाको लागि मैले केही गर्छु भन्ठान्नु भएको रहेछ । म कहिले काम पाउथे कहिले पाउदैन थिएँ, तर कुनै पनि कुरा सिक्न लामो समयसम्म मैले काम पाइन । मेरो बिहे भएको कुरा खुब सम्झन्छु । त्यतिबेला मेरो उमेर ज्यादै कम थियो । मेरो उमेर अझै पनि त्यती धेरै भएको छैन । कुनै समयमा त तिमीसँग भएको सबै कुरा हामीसँग थियो । तातो पानी र हरेक चिज भएको एउटा सानो घर अर्को शहरमा थियो । त्यसपछि मेरो श्रीमानको जागिर खोसियो । केही समयसम्म त बेरोजगार बिमा र मैले कमाएको अलिअली पैसाले काम चल्यो । छिट्टै नै हाम्रा सम्पूर्ण राम्रा चिजहरू अरूले लगे र हामी फेरी यहीं फर्केर आयौं । त्यतिबेला मैले पेट बोकेकी थिएँ । हामीसँग पैसा थिएन ।..

क्रमश...

Sunday, April 27, 2008

केही उपदेश......

जसको बुद्धी बलियो हुन्छ, उहि लौह पुरुष हो । - बेदव्यास
सफलता उसैलाई प्राप्त हुन्छ, जसले त्यसको खोजी गर्छ । - स्वेट मर्डन
कुनै पनि वाद वा सिद्धान्त अपरिवर्तनीय चिरस्थायी हुँदैन । - नोम चाम्स्की
जस्तो बिपत्तिमा पनि धैर्य छोड्नु हुँदैन । - निती वचन
मानिसको श्रेणी जन्मले होइन, कर्मले छुटिन्छ । - भगवान बुद्ध
संसारमा आफू बस, तर संसारलाई आफूभित्र आउन नदेउ । - सत्य साइ बाबा
ज्ञान ढुकुटी हो भने, त्यसको प्रयोग ढुकुटिको साँचो हो । - चिनिया उखान
आफ्नो शक्तिभन्दा बढी काम गर्नु पनि हिंसा हो । - सत्य साइ बाबा
तिमी मेरो कुरा परिक्षण गरेर मात्र स्विकार गर । - बुद्ध
मनुष्यको तृप्ती सम्मानमा हुन्छ भोजन बाट हुँदैन । - हितोपदेश
सहनशिलता नै महिलाको ठुलो गहना हो । - सत्य साइ बाबा
अरुलाई गर्न खोजिएको हानी आँफैमा फर्कन्छ । - अग्नि पुराण
भगवानको अनुभब हृदयबाट हुन्छ । - निती वचन
संम्भावित बिपत्तिको उपाय पहिले गरिराख्नु पर्छ । - सुभाषित रत्न भण्डागर
आफ्नो रक्षा गर्नुछ भने क्रोधबाट बच । - तिरुबल्लुवर
सत्संगमा रुची नराख्ने ब्यक्ती कुसंगतमा अवश्य रुची राख्छ । - निती वचन
धनलेभन्दा नारिको सौन्दर्यले चोरलाइ आकर्षित गर्छ । - शेक्सपियर
कर्ममा जाति हुदैन, जाति त केबल सामाजिक रूपि हो । - बिबेकानन्द
भोलिको भरमा नवस, भोली के निश्चित छ । - शतपथ ब्राहमन
आत्मबिश्वास नै भावी उन्नतिको प्रथम सिंढी हो । - बिबेकानन्द
उत्साह विना संसारमा कुनै ठुलो काम भएको छैन । - एमर्सन
क्रोध मुर्खताबाट शुरु हुन्छ र पश्चातापमा अन्त्य हुन्छ । - सत्य साइ बाबा
अर्ती, उपदेश र औषधी तितो हुन्छ । - नेपाली उखान
तर्क गर्न सबै सक्छन्, तर निष्कर्ष दिन कोही सक्दैनन् । -एलकट
जीवनको उद्देश्य परोपकार हो । - शिवानन्द
सानो छिद्रले डुंगा डुबाएझै, सानो पापले जीवनलाई डुबाउछ । - जोन पर्‍यान
भविष्यको अनुमान गर्दा अतितको अध्ययन गर । - कन्फ्युसियस
धर्महित मानिस बाचेपनि मरेतुल्य हुन्छ । - चाणक्य
आफ्नो अमुल्य समयको एक एक क्षण परिश्रममा लगाऊ । - एमर्सन
महान ब्यक्तिमा उदारताको कमी कहिल्यै हुँदैन । - वाण भट्ट
उत्तम मानिस अर्काको उन्नतिमा खुशी हुन्छ । - महाकवी माघ
ईतिहास बिजेताहरुको घोडा हो । - अज्ञात
तिमी ठुलो होइन, असल बन । - साई बाबा
पृथ्वी ध्वस्त भए पनि तिम्रो आत्मा अमर रहनेछ । - प्राउनिङ
लगनशील्ता विना प्रतिभा प्रस्फुटन हुदैन । - अरस्तु
चन बोल्न थाल्दा, सत्य चुप रहन्छ । - शेक्स्पीयर
मान्छेमा अहंकार समाप्त भएपछि गरिमा प्रारम्भ हुन्छ । - यूंग

Wednesday, March 12, 2008

The Romancers " प्रेमीहरू " भाग - ४"

       सिल्भेटी एक्लै फतफताउँछे "मेरो बुवाले यो उल्लु बुढालाई मन नपराएको कुरा अहिले राम्ररी बुझे ।" दाँयातिर प्रबेश गर्दै उनको बा पास्क्विनट छोरीलाई "के गरिराखेकी ?" भनेर सोध्छन र छोरी "यसै टहलिराखेकी" भन्छे । "एक्लै घुम्दा डर लाग्दैन भन्छ । " म डराउने खालकी होइन" भन्छे । "एक्लै त्यो पर्खालको नजिक नजाऊ भनेर आदेश दिएको होइन, दुस्साहसि केटी, पार्क हेर्न मात्रै आएकी यो त मेरो परम सत्रुको गुफा हो" भनेपछि "मलाई त्यो कुरा थाहा छ" भन्छे । " के तिमी जानाजान अपमानको पात्र बन्न लागेको.. ? ति मान्छेहरु के गर्न सक्छन् भन्न असंम्भब छ । यहाँ छहारिमा मेरी छोरी एक्लै घुमेको कुरा ती बाउछोराले थाहा पाए मलाई सम्झदा पनि काम छुट्छ । म यो पर्खाललाई कवचले छोपिदिन्छु काँडे तार वा सुइरो रखिदिन्छु ताकी कुनै आक्रमणकारी आए पनि उसको आन्द्राभुँडी बाहिर निस्कियोस् । काटियोस् ।" यसो गर्न धेरै पैसा लाग्ने भएकोले कञ्जुस बुवाले यसो गर्नु हुन्न भन्ने कुरामा छोरी ढुक्क छिन । छोरीलाई घरतिर पठाएपछि रिसले उनितिर हेर्छ ।
       बर्गामिन स्ट्रफोरल भए ठाउँमा चिट्ठी लैजाउ भनेर आफ्नो मानिसलाई अह्राउँछ । पास्क्विनट पर्खालतिर दौडदै गएर उक्लेपछि बर्गामिनलाई डाक्छ । बर्गामिन पनि दौडदै आएर पास्क्विनट भनेर बोलाउछ । उनिहरु अङ्कमाल गर्छन् । एक आर्कालाई सञ्चो बिसञ्चो सोध्छन । बिहेको कुरा छिनियो भनेर बर्गामिन भन्छ । उनिहरु ज्यादै प्रेम गर्छन् भन्ने कुरा झाडिमा लुकेर सुनेको भन्छ । अब कुरो बिचार गर्नुपर्‍यो भन्छ । दुबैजनाका स्वास्नी मरेका छन र दुबै जना बा हुन । पर्सिनेटकी आमा पनि ज्यादै रोमान्टिक थिइन । सिल्भेटी पनि कल्पनाशील अप्सरा जस्ती केटी हुन् । उनिहरुको एउटै मात्र उद्देश्य हो पर्खाल भत्काउनु, सँगै बस्नु, जग्गाजमिन एउटै पार्नु पुराना मित्र एवं जमिन्दारको योजना थियो । यो काम उनिहरु छोराछोरीको बिहे गराएर गर्न चाहन्छन् । तर उनिहरुको इछ्या एवं सहमतिको बारेमा छोराछोरीले शङ्का गरेमा उनिहरु सफल होलान् त ? दुईवटा युबा कम्पनाशील चराहरुको लागि नियोजित बिहे त्यती लोभलाग्दो हुँदैन । छोराछोरी पढ्न टाढा बसेको कारणले नै उनिहरुको बिहेको यो योजनालाई गोप्य राख्न सके । यो बर्ष उनिहरुको पढाई सकिएकोले अब पनि भेटघाटमा रोका लगाउने हो भने उनि लुकिलुकी पाप गरेर परेम गर्नेछन । यो घृणाको अदभूत कथा बनाउँदा असाधारण योजना सफल होला भन्ने कुराम पास्क्विनटलाई चिन्तै थियो । अब त दुईजनाले सहमती दिए काम बनिहाल्छ । तर छोराछोरीले सङ्का नगर्ने गरी सोझै मान्न पनि उनिहरुले भएन । उनिहरु एकअर्कालाई अझै गाली गर्दैछन् । अब के बहाना बनाउने हो त ? यो योजना त सेल्भेटिको कुराबाट नै बनाउन सकिन्छ । भरे छोराछोरी भेट गर्छन त्यतिबेला छोरीको अपहरण गराउने र छोरा आएर बचाउँछ । अपहरणकारी भागे जस्तो गर्छन्, बाउहरु दुबैजना आउने । छोरी र उनको इज्जत सुरक्षित भएकोमा आनन्दित भाई आँशु चुहाउने र उद्वार गर्ने नायकलाई आशिर्बाद दिने । त्यसपछि नाटक खत्तम ।
        यो गजबको योजना सफल पार्न प्रसिद्ध पेशेवर हत्यारा स्ट्राफोरेललाई बोलाइएको छ र उसले नै अपहरणको योजना पुरा गर्नसक्छ । हत्याराको जस्तो भब्य पोशाकमा स्ट्राफोरेल मंचमा गर्बसाथ हिड्छ । बर्गामिनले ऊ सँग आफ्नो साथी पास्क्विनटको परिचय गराउछ । पास्क्विनट दुईतिर पर्खालामा गोडा फट्याएर उभिएको छ । यो उमेरमा यसरी उभिनु अचम्मको कसरत हो । योजनाअनुसार नक्कली अपहरण र नक्कली तरबार युद्ध हुनेछ । तर छोरालाई तरवारले घाइते पार्ने छैनन् । स्ट्राफोरेलको निर्देशनमा काम हुने भएकोले चिन्ता गर्नुपर्दैन । अपहरणको मूल्य अपहरणको किसिमअनुसार फरक हुन्छ । कालो लुगा लगाएर दुईजनाले गर्ने अपहरण, सबभन्दा कम लोकप्रिय बग्गीमा चढेर गरिने मामुली अपहरण, मध्यरातमा गर्ने अपहरण, मध्यान्हमा गरिने अपहरण, आदी आदी ।

क्रमश :.......

Thursday, February 07, 2008

"The Romancers " प्रेमीहरू " भाग - ३"

     अचम्मको पुरानो पर्खाल्, माथिपटी घाँसैघाँस भएको रातो लहरा, हरियो आइभी फूलको लहरा, प्याजी रङको फूलको लामा रेशमका भुवा जस्ता लहराले ढाकेको छ । भत्कन लागेको प्राचिन पर्खाल साना फूल र घाममा अनौठो किसिमले टल्कने रातो कपाल झुण्डिएका धाँजाले भरिएको छ । मखमली पर्दा जस्तो देखिने झ्याउ यती बाक्लो र धेरै छ कि त्यो जाबो बेञ्च पनि राजगद्दिमा परिवर्तन भएको छ । बर्गामिनलाइ छोराले पर्खाल हेरेर मात्रै आनन्द लिइराखेको कुरामा पत्यार लाग्दैन । पर्सिनेट पर्खालतिर हेर्दै "यस्ता राम्रा आँखाले मलाई आनन्द दिइराखेको छ । आशुले आँखालाई धमिल्यायो भने म सबै आशुलाई चुम्बन गरेर हटाइदिन्छु, भन्छ । "पर्खालको त आँखा छैन" भनेर बाले भने पछि मर्निङ ग्लोरी नामक फूलको त छ नि" छोरा भन्छ । र एउटा फूल टिपेर बालाई आकर्षक ढंगले दिन्छ । उताबाट सिल्भेटिले "कति चलाख ?" भन्छे । बर्गामिन "कस्तो मुर्ख ! तिमी किन उत्तेजित भएको हो भन्ने मलाई थाहा छ । (पर्सिनेट र सेल्भेटी झस्कन्छ) तिमी यहाँ लुसुक्क पढ्न आएको । (पर्सिनेटको खल्तिबाट पुस्तक निकालेर शिर्षक हेर्दै) । नाटक ! (खोलेर हेरेपछि डरले खसाल्छ ।) त्यो पनि कवितामा ! त्यसैले त तिम्रो दिमाग ठीक ठाउँमा नभएको रहेछ । अरू मान्छेको संगत नगरि कल्पनामा घुम्नु तिम्रो लागि स्वाभाविक हो । फूल देख्नु, पर्खालमा निलो आँखा देख्नु । पर्खाल आकर्षक हुनुपर्छ भन्ने छैन, वलियो हुनुपर्छ । म त्यो हरियो फोहोर सबै फ्याँक्न लगाउछु, घाँसले कुनै धाँजोलाई लुकाएर राखेको होला । बेसोमती छिमेकिबाट अझ राम्ररी रक्षा गर्न फेरी पलास्टर गरेर राम्रो सेतो पर्खाल बनाउछु । एकदम सेतो, एकदम चिल्लो, एकदम सफा । त्यहाँ फूल हुने छैन । पर्खालको टाउकोमा सिसा फुटालेर दाँती जस्तो पारेर प्लास्टरमा गाड्छु" भन्छ । "छोराले आफू माथि दया गर्नोस् बुवा" भन्दा बर्गामिन भन्छ "तल माथि जताततै पर्खालको टाउकोमा सिसा गाड्न म यसैद्वारा आदेश जारी गर्छु ।" सिल्भेटी र पर्सिनेट दुबै जना डराउछन् । बेञ्चमा बस्दै बर्गामिन भन्छ "हामी दुईलाई कुरा गर्न बितिसक्यो" र पर्खालको अर्कोपट्टी भागबाट कसैले सुनेको जस्तो छ कि गरेर उतातिर गई, "भित्ताको आँखा नभए पनि कान हुन सक्छ" भन्छ । बा बेञ्चमा चढ्न लागेकोले छोरा डराउछ । आवज सुनेपछि पर्खालमा टाँसिएर सिल्भेटी बस्छे । तर बर्गामिनलाई ज्यादै दुखेकोले मुख बिगार्छ, आँफैले हेर्ने विचार बदली कसैले लुकेर कुरा सुनिराखेको छ कि भनेर हेर्न छोरालाई ईशारा गर्छ । पर्सिनेट बेञ्चमा चढि पर्खालबाट निहुरिएर "भरेसम्म" भन्छ । सिल्भेटी उसलाई हात चुम्बन गर्न दिदै "घडीले घन्टी हान्नुभन्दा पहिले नै म आउछु" भन्छे । उनिहरु साउती गरिसकेपछि ओर्लेर "त्यहाँ त कोही पनि छैन बुवा" भन्छ ।
      बर्गामिन पनि ढुक्क भएर फेरी बस्छ अनि छोराको बिहे गरिदिन्छु भन्छ । सिल्भेटिको आवाजलाई "मैले बिस्तारै कराएको सुनें" भन्छ । माथितिर हेरेर "कुनै चरालाई हाँगामा आँफै चोट लागेको आवज होला" भन्छ । "जे भए पनि छोरा राम्ररी विचार गरेर मैले तिम्रो लागि एउटी बुहारी रोजेको छु", भनेर बर्गामिनले भनेपछि पर्सिनेट सुसेल्दै हिड्छ । एकछिनसम्म निसासिएपछि छोराको पछि हिंड्दै "म त जिद्धिवाल छु र तिमीलाई जबर्जस्ति गर्छु ।" ऊ छोरालाई "नसुसेल । मैले तिम्रो लागि छानेकी केटी जवान र धनी छे । ऊ त रत्न छे ।" भन्छ । "मलाई तपाईंको रत्नको परवाह छैन" भनेर पर्सिनेटले भनेपछि "पर्खि, तलाई देखाइदिन्छु निकम्म..." भन्छ । बाले हिर्काउन उठाएको लट्ठी पछील्तिर धकेल्दै "बुवा, बसन्त ऋतुले गर्दा झाडिहरू चराको उडानले भरिएको छ र जंगलको खोला नजिकै साना चराहरू प्रेम गर्ने जोडी झै तल झर्छन ।" भनेर छोराले भनेपछि "तलाई लाज नभएको ।" भनेर गाली गर्छ । "सबै प्राणीहरू प्रसन्न भइ अप्रिल महिनाको स्वागत गर्छन । पुतलिहरू आफूले प्रेम गरेका फूलहरूसँग विवाह गर्न गाउतिर आउछन् । प्रेमले सारा हृदयमा फूल फूलाई दिएको छ र तपाईं चाँही मलाई पैसाको लागि बिहे गर्ने भन्नुहुन्छ ।" बा उसलाई "बदमाश, दुष्ट, कुकुर" भनेर गाली गरिराख्छन् । छोरा चाँही आफ्नो बिहे अति रोमन्टिक हुने आशा गर्छ । दुबैजना मञ्चबाट निस्कन्छन् ।

क्रमश :.......

Monday, January 14, 2008

What is Poverty? (गरीबी के हो ?) "१"

- Jo Goodwin Parker

       के तिमी म सँग गरीबि के हो भनेर प्रश्न गर्छौ ? मैले भनेको कुरा सुन । यहाँ म मैली, गन्हाउने, भित्री लुगा ठीकसँग नलाएकी र तिम्रो नजिक आफ्नो सडेको दातँको दुर्गन्ध निकाल्दै बसेकी छु । म तिमीलाई आफ्नो कुरा भन्नेछु । मेरो कुरा सुन । दया नदेखाइकन सुन । तिम्रो दयाको मलाई केही काम छैन । कुरा बुझ्ने गरेर सुन । तिमी आफूलाई मेरो मैलो, थोत्रो, ठीक नहुने जुत्ता भित्र राख, अनि मेरो कुरा सुन ।
       गरीबी भनेको पत्येक बिहानी फोहोर र रोगको टाटो लागेको डस्नाबाट उठ्नु हो । तन्ना त च्यातेर धेरै कालदेखि सानो बच्चालाई लुगाइ दिने लगौंटिको रूपमा प्रयोग गरिदै आइएको छ । गरीबि भनेको कहिलै नछोड्ने दुर्गन्धमा बस्नु हो । पिसाप, अमिलो दुध्, र धेरै बेर पकाएको प्याजको कडा गन्धसँग मिसिएर कहिलेकाहीँ बिग्रेको खानेकुराको दुर्गन्ध आइराख्छ । प्याज सस्तो छ । यो दुर्गन्ध तिमीले सुँघ्यौ भने कसरी आयो तिमी पत्तै लगाउन सक्दैनौ । यो त घरबाहिरबाट आएको दुर्गन्ध हो । राती अन्धकारमा हिंडेर पर पुग्न नसक्ने केटाकेटीले गरेको दिशापिसापको दूर्गन्ध हो । बर्षौबर्ष "दूर्घटना"मा परेको डस्नाको दूर्गन्ध हो । धेरै दिनदेखि फ्रीज बिग्रेकोले गर्दा दुध अमिलो भएर आएको दूर्गन्ध हो, र फ्रीज बनाउन पैसा चाहिन्छ । यो सड्न लागेको रछानको दूर्गन्ध हो । यो फोहोर म गाड्न सक्थे, तर शावेल खोई ? शावेल किन्न पनि त पैसै चाहियो ।
       गरीबी भनेको थकित हुनु हो । म सधैं थकित हुन्छु । कान्छी छोरी पाउन अस्पतालमा भर्ना हुँदा मलाई डाक्टर नर्स भन्थे "पोषिलो आहार खान नसकेकोले गर्दा तिम्रो शरिरमा रगत कम छ, पेटमा जुकाहरू परेका छन र यो सबै अवस्था सुधार्न अप्रेशन गर्नुपर्छ ।" नम्र भएर उनिहरुको कुरा सुने - गरीबहरू जहिले पनि नम्र हुन्छन् । गरीबहरू अर्काले भनेको कुरा जहिले पनि सुन्छन् । आइरन चक्की अथवा पोषिलो खानेकुरा, अथवा जूकाको ओखती किन्न पैसा छैन भनेर उनिहरू कहिले पनि भन्दैनन् । अप्रेशन गर्ने विचार गर्दा पनि डर लाग्छ र यती खर्छ लाग्छ कि आँट गरें भनें पनि आँफैदेखि हाँसो उठ्थ्यो । छोराछोरी कसले हेर्ने ? अर्पेशन गरिसकेपछि तङ्ग्रीन धेरै समय लाग्छ । मेरा तीनवटा सन्तान छन् । एक पटक पहिला जागिर खान जाँदा हजुरआमा कहाँ छाडेर गएको थिएँ, घर फर्किँदा त सानो नानीलाई झिंगाले छोपेको रहेछ र म गएदेखि दिशापिसाप छेक्न बांधेको लगौंटी फेरी दिएको रहेनछ । सुकिसकेको टालो निकाल्दा, बच्चाको मासुको चोक्टै टाँसिएर आयो । मेरो अर्को बच्चा फुटेको सिसाको धारिलो टुक्रासँग खेलिराखेको रहेछ र सबभन्दा ठूलो बच्चा चाँही पोखरीको डिलमा एक्लै खेलिराखेको रहेछ । म हप्ताको बाइस डलर कमाउँथे र राम्रो नर्सरी स्कूलमा राख्ने हो भने तीनवटा बच्चाको लागि बिसा डलर तिर्नुपर्थ्यो । मैले जागिर छोडिदिएँ ।
        गरीबी भनेको फोहोर हो । सफा लुगा लगाएर सफा घरबाट निस्कदा तिमी भन्छौ, "जो पनि सफा भएर बस्न सकिहाल्छ नि ।" पैसा नभइकन घर चलाउनु पर्दा के हुन्छ भनेर मलाई व्याख्या गर्न देऊ । विहानको खाजामा म आफ्ना केटाकेटीलाई तेल नहाली भुटेको मकैको पिठो ख्वाउछु अथवा तेल र अन्डा नहालेको कर्नब्रेड दिन्छु । यसो गर्दा धेरै थाल भाँडा प्रयोग गर्न पर्दैन । जेजती भएका भाँडा म साबन नलगाई चिसो पानीले माझ्छु । सबभन्दा सस्तो साबुनमा खर्च गर्ने पैसाले बच्चाको टालो किन्न पुग्छ । मेरो हात हेर, कति फुटेको, चिरर रगत आउने । एकपटक आफ्नो हात र टालोले निकालेको बच्चाको फोकामा लगाउन एक भ्यास्लिन किन्ने बिचारले दुई महिनासम्म पैसा बचत गरें । पुग्ने पैसा जम्मा भएपछि बजार जाँदा त यसको मोल दुई सेन्ट बढीसकेको रहेछ । बच्चाले र मैले बिना भ्यास्लिन त्यतिकै दु:ख पाउनु पर्‍यो । प्रत्येक दिन चिरिएको दुखेको हातले चिसो पानी र कडा साबुन सहन सक्छ भनेर निर्णय गर्नुपर्छ । तर तिमी सोधौला तातो पानी किन प्रयोग नगर्ने ? पानी तताउन पैसा लाग्छ । दाउराको आगोमा तताए पनि पैसा पर्छ । बिजुलिको हिटरमा तताए पनि पैसा पर्छ । तातो पानी मेरो लागि बिलासिताको बस्तु हो । बिलासिताको बस्तु प्रयोग गर्ने मेरो क्षमता छैन । म कति तरूनी छु भनेर तिमीलाई भनें भने तिमीलाई अचम्म लाग्छ भन्ने कुरा मलाई थाहा छ । म ज्यादै बुढी देखिन्छु । धेरैबेरसम्म लुगा धुँदा निहुरिनु परेकोले अरू काम कहिले गर्ने भन्ने संझना नै हुँदैन । प्रत्येक रात स्कूल जाने बच्चाले लगाएको स-साना लुगा भोली बिहानसम्म सुक्ला भन्ने आशा लिएर धोएको हुन्छु ।

Friday, December 14, 2007

The Romancers " प्रेमीहरू " भाग - २

     पर्सिनेटले "म तिमीलाई प्रेम गर्छु" भन्दा " तिमीले के भनेको?" भनेर उनी सोध्छिन । "प्रिये, मैले भनेको कुरा तिम्रो मन अझै संघर्ष गरिराखेको छ, तर यो कुरा अझ अस्विकार गर्नु मुर्खता हुनेछ । सिल्भेटी, तिमीले हामीलाई भेरानोका प्रेमीहरु रोमियो र जुलिएटसँग दाँजेर जे भन्न खोज्यौ मैले पनि त्यही कुरा गरेको हुँ ।" भनेर पर्सिनेट भन्छ । उनले आफ्ना बाहरुलाई रोमियो र जुलिएटका बाहरुसँग दाँजेर आफूहरू प्रेममा पागल भएको कुरा बताइन् । बाहरू एक अर्कालाई तिब्र घृणा गर्ने भएपनि पर्सिनेट उनिहरुलाई हाँक दिन तयार छ । सिल्भेटी पर्खालको नजिक आएर " त्यसोभए हामीले प्रेम गर्न थालेका हौ त ? तर यती छिटो कसरी भयो ?" भनी सोध्छिन् । "हुनु पर्ने बेला भए पछि प्रेम हुन्छ र कसरी र किन कसैले भन्न सक्दैन । म तिमीलाई प्राय मेरो झ्यालको छेउबाट हिंडेको देख्थे ।" भनेर पर्सिनेटले भनेपछि "म पनि तिमीलाई प्राय देख्थे भनेर सिल्भेटी भन्छिन् । अनि त्यती बेला उनिहरुका आँखाहरु सांकेतिक भाषामा कुरा गर्थे । एकदिन सिल्भेटी पर्खाल नजिकै कटुस टिपिरहेको बेलामा संयोगले पर्सिनेट शेक्सपियरको कविता पढिराखेको थियो र सबैकुराले दुईवटा मुटुहरुलाई एक बनाउन कसरी काम गरिराखेको रहेछ । हावाले सिल्भेटिको रिवन उडाएर ऊ भए ठाउँमा पुर्‍यायो र पर्सिनेटले पर्खाल चढेर उनलाई फिर्ता दियो र उनि पनि पर्खालमा चढिन् । त्यसै दिनदेखि पर्सिनेट उनलाई सधैं पर्खेर बसिराख्छ र पर्खाल उताबाट उनेको निश्छल हाँसो राम्रो संकेतको रूपमा सुनेपछि अंगूर र आइभको लहरबाट उनको टाउको नदेखिउञ्जेल उसको मुटुको चाल बढ्छ आफूहरु प्रेम गर्न थालेकोले कामकुरो छिन्नुपर्‍यो भन्ने उनिहरु दुबैजनाको इछ्या छ । गम्भीर मुद्रामा सिल्भेटी "पास्क्विनट परिवारकी अन्तिम ब्यक्ती म बर्गमिन परिवारको अन्तिम ब्यक्ती तिमी सँग औपचारिक प्रतिज्ञा गर्छु" भन्छिन् । "कत्रो महान् मुर्खता !" उसले भनेपछि "भावी युगले हाम्रो बिषयमा कुरा गर्नेछ" उनि भन्छिन् । दुईजना कठोर हृदय भएका बाउका उनिहरु कमलो मन भएका सन्तान हुन् । तर भगवानले उनिहरुको बिचमा भएको घृणा मेटाउन ति दुईलाई प्रयोग गर्न लागेको पनि हुन सक्छ । तर यो कुरा कसलाई थाहा छ? भन्ने विचार सिल्भेटिको भए पनि पर्सिनेटलाई त्यसो होला जस्तो लाग्दैन । सिल्भेटिलाई भने यही कुरामा बिश्वास भएकोले उनि पाँच छ वटा ज्यादै संभव समाधान निकाल्न सक्छिन् ।
     पुराना कथामा भए जस्तै राजा त्यही बाटो घोडा चढेर आउँदा राजाको गोडामा छाँद हालेर आफ्नो प्रेम र बाहरुको झगडाको बारेमा सुनाएपछि कथामा जस्तै राजाले बाहरुलाई डाकेर मिलाप गराइदिन सक्छन् । अथवा "गधाको छाला" नामक पुस्तकमा भए जस्तै केटा मृत्युको मुखमा पुगेपछि मुर्ख डाक्टरले केटालाई माया मारेपछि "तिमी के चाहन्छौ ?" भनेर सोध्दा " म सिल्भेटीलाई चाहन्छु" भनेर पर्सिनेटले भन्नसक्छ भन्नेछ अनि बाउले जिद्दी घमण्ड छोड्न वाध्य हुनुपर्नेछ । अथवा अर्को विकल्प : सिल्भेटीको फोटो देखेर बुढो ड्युक उनि सँग प्रेम गर्नेछ र उसको घोडाचढिलाई बिहे गर्ने प्रस्तब लिएर उनि भए ठाउँमा पठाउने छ । र केटीले "नाई" भनेपछि ऊ रिसाउने छ । एकदिन सांझ केटी कल्पनको संसारमा हराएर घुमिराखेको बेला अध्याँरो बगैचाको बाटाबाट केही अपरिचित ब्यक्ती आई उनलाई अपहरण गर्नेछन् । केटी चिच्याउली र तत्कालै केटीको छेउमा पुगेर केटाले तरबार लिएर सिंहले जस्तै लडाईं गर्नेछ र तीनचार जना मान्छे टुक्र्याउनेछ । केटीको बा दौडदै आएर केटालाई अङालो मारेपछि केटाले नाम भन्नेछ । बाउको मन पग्लन्छ । रक्षा गर्नेलाई छोरी दिन्छ । केटाको बहादुरीमा गर्व गर्दै केटाको बाउले पनि स्विकृति दिन्छन् । त्यसपछि उनिहरु आनन्द सँग जीवन बिताउँछन् । र यि कुनै पनि कुरा हुन नसक्ने जस्ता छैनन् । यस्तो कुरा गर्दा गर्दै कोही आउन लागेको जस्तो आवज सुनेर विदाइ चुम्बन गर्दै भोलिपल्ट प्रार्थनको घन्टी बज्दा भेट्ने प्रतिज्ञा गर्छन् ।
      बा आएपछि पर्सिनेट पर्खालबाट ओर्लन्छ । छोरालाई पर्खालको कुनामा एक्लै बसी दिउँसै सपना देख्न लागेको बेलामा उसको बाउले फेला पार्छन् । पर्सिनेटलाई लहराको ओतमा बेञ्चमा बस्न मनपर्छ । फूलका मालाले सिङारिएको ठाउँमा बसेर शुद्ध हावामा सास लिन उसलाई राम्रो लाग्छ । " पर्खालको अगाडि ?" भनेर बाले सोद्धा "मलाई यो पर्खाल मन पर्छ" भन्छ । "मन पर्ने कुरा त केही पनि देख्दिन" भन्दा "बुढाले कसरी देखुन त" भनेर सेल्भेटी दर्शकले नसुन्ने गरी भन्छे ।

क्रमश :